पोखरा । दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ आजदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवको आजदेखि बैशाख १ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।
आज महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिए । महोत्सवमा प्रतिकिलो ३२ रुपैयाँमा आलुको कारोवार गरिनेछ । महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहने महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव प्रवेशका साधरण ब्यक्तिका लागि ८० रुपैँया र विद्यार्थी सहुलियत तथा तीन सयमा महोत्सव अवधिभ ५० रुपैँया लाग्ने छ । स्थानीय पासको व्यवस्था मिलाइएको छ । महोत्सव ८० हजार देखि १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रचार संयोजक श्रीभद्र पौडेलले जानकारी दिए । महोत्सवको आकर्षणहरुमा आलका बिभिन्न परिकार तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, विविध सांस्कृतिक कार्यक्रम, हाँस्य कलाकारहरुका प्रस्तुति लगायत रहेका छन् ।
मजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप
आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई
लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीसहित तीन जना पक्राउ
माघे संक्रान्ति/माघी पर्वको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना
निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति