तनहुँको नारीघाटमा बस र ट्रक ठोक्किँदा ट्रक चालक सहित १६ जना घाइते, ४ गम्भीर घाइतेलाई चितवन लगियो

तनहुँको नारीघाटमा बस र ट्रक ठोक्किँदा ट्रक चालक सहित १६ जना घाइते, ४ गम्भीर घाइतेलाई चितवन लगियो

Narighat Aabukhaireni

तनहुँ । तनहुँको नारिघाटमा बस र ट्रक ठोक्किँदा ट्रक चालक सहित बसमा सवार १६ जना घाइते भएका छन । शनिबार पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं-२ नारीघाटमा बस र ट्रक ठोक्किँदा १६ जना घाइते भएका हुन् ।

आबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको ना ५ ख ८१७६ नम्बरको बस र डुम्रेबाट आबुखैरेनी जादै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।  दुर्घटनामा परि ट्रक चालक सहित बसमा सवार १६ जना घाइते मध्य ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरि कार्यालय तनहुँले जनाएको छ ।

गम्भीर घाइतेलाई चितवनको भरतपुर स्थित जीएमसी लगिएको  तथा अन्य घाइतेहरुको आबुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा गोरखा नगरपालिका-१३ की रोजिना नेपाली, सोहि स्थानका वर्ष १७ का मनोज नेपालि, भानु नगरपालिका-१ की वर्ष २५ की अप्सरा खवास र उनका ४ वर्षीय छोरा आयुष खवास हुन् ।  बस, ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ