पोखरा । पोखरामा औषधि बिक्री गर्ने फार्मेसी पसलबाट लागू औषध बिक्री हुने गरेको खुलेको छ । डाक्टरको अनुमति (प्रेस्किप्सन) बिना बेच्न नपाइने औषधि लागू औषधको रुपमा किनबेच गर्ने दुई जना पक्राउ परेका हुन् । प्रहरीले पोखरा महानगरपालिका–७ स्थित सुभेच्छा फार्मेसीबाट नियन्त्रित औषधि नियन्त्रणमा लिएपछि औषधि पसलबाट समेत लागू औषध बिक्री हुने गरेको खुलेको हो ।
लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय पोखराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा सुभेच्छा फार्मेसीबाट लागू औषध बरामद गरेको हो । ब्यूरोका अनुसार सुभेच्छा फार्मेसीबाट ट्रमाडोल २५ सय क्याप्सुल र एप्काडोल १ हजार ट्याब्लेज बरामद गरिएको छ ।
प्रहरीले नियन्त्रित औषधि बिक्री गर्ने ४० वर्षीया सुशीला पराजुली र खरिद गर्ने पोखरा–६ का २० वर्षी राजकुमार परियारलाई समेत पक्राउ गरेको छ । प्रहरीले परियारको साथबाट ट्रमाडोल १० ट्याबलेट बरामद गरेको छ । उनीहरुमाथि थप कारबाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौंमा बुझाइएको प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
सम्बन्धित खबर
सहारामा शुद्दिकरण सहितको पिउने पानी हस्तान्तरण
पर्वतमा १२ दिनदेखि बेपत्ता वृद्ध मृत फेला
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
पोखरामा जारी कोटिहोममा संंगीतमय भजन कृतन, भक्तजनको घुइँचो
पोखरामा अटोवेजबाट ‘एक्सपेङ जी–सिक्स’ को विक्री सुरू, एक हप्ताभित्र बुक गर्नेलाई २ लाख छुट
पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो कोटिहोम सुरु
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ