बैशाख १२ गते महाभूकम्पको स्मृतिमा सार्वजनिक विदा

बैशाख १२ गते महाभूकम्पको स्मृतिमा सार्वजनिक विदा

barpark

file photo

गोरखा । २०७२ सालको महाभूकम्पको स्मृतिमा आउँदो बैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइने भएको छ । २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने जनाएको छ । यही चैत २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गोरखा भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ