पोखरा । स्थानीय तहको निर्वाचन पछि समयसमयमा बिभिन्न सञ्चारमाध्ययम हरुमा जनप्रतिनिधिहरुले नियम बिपरीत सेवासुविधा लिएको र जनताहरुलाई दिनुपर्ने सेवा पनि नदिएको समाचारहरु प्रकाशन भईरहेका छन् । निर्वाचन जितेर सरकारमा पुगेपछि आफुले जनतासँग गरेका प्रतिबद्धता पुरा नगर्ने तर नागरिकहरुका लागि आएको बजेटको समेत दुरुपयोग गर्ने गरेको भन्दै स्थानीय सरकारको बिरोध पनि हुने गरेको छ ।
तर, बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले भने जनप्रतिनिधि भए बापत सरकारले दिने तलव तथा सेवासुबिधाको रकम सामाजिक कार्यमा खर्च गरेका छन् । वडा सदस्य रसाईलीले मंगलबार आफ्नो तलवभत्ताबाट प्राप्त एक लाख २० हजार रुपैँयाबाट आफ्नो वडामा २० ओटा स्टेचर खरिद गरेर बितरण गरेका हुन् । आफ्नोे वडामा यदि कोहि बिरामी भइहाले आपतालिन अबस्थामा स्वास्थ्य संस्थासम्म पु¥याउन सहज हुन्छ भन्ने लक्ष्यका साथ आफुले स्टेचर बितरण गरेको उनले बताए ।

‘राजनिति पेशा हैन सेवा हो’ स्टेचर बितरण गर्दै रसाईलीले भने, ‘म जनप्रतिनिधि रहँदासम्म राज्यबाट प्राप्त भएको तलवभत्ता गरिब र बिपन्न नागरिकको सेवा खर्च गर्छु ।’ उनले अहिलेसम्म सरकारी तलव र आफ्नै खर्चबाट झन्डै साढे २ लाख रुपैयाँभन्दा बढी सामाजिक कार्यमा खर्च गरिसकेको बताउँछन् । ‘कुनै दिन मैले भनेको थिएँ राज्यबाट पाएको सेवा सुबिधा म एक पैसा पनि प्रयोग गर्ने छैन, सोही अनुसार मैले गरेको प्रतिबद्धता पूरा गरेको हुँ ।’ उनले भने । सामाजिक काम गर्न पाउँदा आफुलाई खुसि र सन्तसष्टी मिल्ने उनको भनाई छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु