पोखरा । स्थानीय तहको निर्वाचन पछि समयसमयमा बिभिन्न सञ्चारमाध्ययम हरुमा जनप्रतिनिधिहरुले नियम बिपरीत सेवासुविधा लिएको र जनताहरुलाई दिनुपर्ने सेवा पनि नदिएको समाचारहरु प्रकाशन भईरहेका छन् । निर्वाचन जितेर सरकारमा पुगेपछि आफुले जनतासँग गरेका प्रतिबद्धता पुरा नगर्ने तर नागरिकहरुका लागि आएको बजेटको समेत दुरुपयोग गर्ने गरेको भन्दै स्थानीय सरकारको बिरोध पनि हुने गरेको छ ।
तर, बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले भने जनप्रतिनिधि भए बापत सरकारले दिने तलव तथा सेवासुबिधाको रकम सामाजिक कार्यमा खर्च गरेका छन् । वडा सदस्य रसाईलीले मंगलबार आफ्नो तलवभत्ताबाट प्राप्त एक लाख २० हजार रुपैँयाबाट आफ्नो वडामा २० ओटा स्टेचर खरिद गरेर बितरण गरेका हुन् । आफ्नोे वडामा यदि कोहि बिरामी भइहाले आपतालिन अबस्थामा स्वास्थ्य संस्थासम्म पु¥याउन सहज हुन्छ भन्ने लक्ष्यका साथ आफुले स्टेचर बितरण गरेको उनले बताए ।

‘राजनिति पेशा हैन सेवा हो’ स्टेचर बितरण गर्दै रसाईलीले भने, ‘म जनप्रतिनिधि रहँदासम्म राज्यबाट प्राप्त भएको तलवभत्ता गरिब र बिपन्न नागरिकको सेवा खर्च गर्छु ।’ उनले अहिलेसम्म सरकारी तलव र आफ्नै खर्चबाट झन्डै साढे २ लाख रुपैयाँभन्दा बढी सामाजिक कार्यमा खर्च गरिसकेको बताउँछन् । ‘कुनै दिन मैले भनेको थिएँ राज्यबाट पाएको सेवा सुबिधा म एक पैसा पनि प्रयोग गर्ने छैन, सोही अनुसार मैले गरेको प्रतिबद्धता पूरा गरेको हुँ ।’ उनले भने । सामाजिक काम गर्न पाउँदा आफुलाई खुसि र सन्तसष्टी मिल्ने उनको भनाई छ ।
सम्बन्धित खबर
सरकारी तथा गैरसरकारी कार्यालयका कागजात कीर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
काठमाडौँबाट माइक्रो बस चोरी गरेको आरोपमा स्याङ्जाका युवक पक्राउ
शनिबार पोखरा रंगशालामा निःशुल्क आँखा शिविर हुँदै
अनेरास्ववियु स्थापना दिवसको अवसरमा वक्तृत्वकला, मोनिका प्रथम
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
रोजगारमैत्री प्रदेश निर्माणका लागि गण्डकी र बागमतीबीच अनुभव आदानप्रदान
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु