पोखरा । पोखराको अग्रणी सामाजिक संस्था पोखरा जेसीजले आफ्नो ४५ औं वार्षिकोत्सव मनाएको छ । नेपाल जेसीज क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटाले शुभकामना व्यक्त गर्दै ४० वर्ष नकाटेका सक्षम युवाहरुको यस गौरवलायक संस्थालाई अग्रजहरुले देखाएको बाटोमा अघि बढाउन सुझाव दिए ।
उपाध्यक्ष सापकोटाले समाज परिवर्तनका लागि धेरै मान्छे नचाहिने र थोरै मान्छेले पनि समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्छन् भन्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे
। विशेष अतिथि पोखरा जेसीजका संस्थापक निर्देशक एवं पूर्व अध्यक्ष आनन्दराज मुल्मीले असल व्यक्ति बन्न सिकाउने जेसीजमा लागेपछि एउटा जिम्मेवार नागरिकले आफ्नो परिवार, समाज र राष्ट्रलाई बिर्सन नहुने कुरा जोड दिए । पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका मुल्मीले जेसीको मूलमन्त्र आत्मसाथ गर्दै अघि बढेका युवाहरु अहिले आफ्नो क्षेत्रमा स्थापित भएको पनि बताए । कार्यक्रममा संस्थापक निर्देशक कृष्ण प्रसाद आचार्यले संस्था स्थापना गर्दाको अनुभव शेयर गर्नुका साथै संस्थाका हालका सदस्यहरु र संस्थाको प्रगति देखेर खुशी व्यक्त गरे ।
पोखरा जेसिजका अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा लेडी जेसीजका अध्यक्षसपना गिरी, लेखनाथ जेसीजका अध्यक्ष रोशन अधिकारी र आदर्श समाज सामाजिक संस्थाका अध्यक्ष भिम देव शर्माले शुभकामना मन्तव्य राखे ।
उक्त कार्यक्रममा पोखरा जेसीजको बन्दै गरेको भवन निर्माण सम्बन्धी जानकारी किरण केसीले राखेका थिए । सोहि अवसरमा नविन थापा मगर, तिलक प्रसाद लामिछाने, पवित्रा अधिकारी (सर्जि), ध्रुव पोखरेल, बलराम कुंइकेलले आर्थिक सहयोग पनि गरे ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य पोखरा जेसीजका कार्यकारीणि उपाध्यक्ष मोहन प्रसाद अधिकारी, धन्यवाद ज्ञापन कार्यक्रम संयोजक सन्देश पराजुली र कार्यक्रम सञ्चालन महासचिव शक्ति वरुवालले गरेका थिए । पोखरा जेसीजकै आफ्नो भवनमा आयोजित उक्त कार्यक्रमको अन्तिममा ४५ औं वार्षिकोत्सवको अवसरमा केक काटी आपसमा शुभकामना आदानप्रदान गरी समापन गरिएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ