पोखरा । पोखराको अग्रणी सामाजिक संस्था पोखरा जेसीजले आफ्नो ४५ औं वार्षिकोत्सव मनाएको छ । नेपाल जेसीज क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटाले शुभकामना व्यक्त गर्दै ४० वर्ष नकाटेका सक्षम युवाहरुको यस गौरवलायक संस्थालाई अग्रजहरुले देखाएको बाटोमा अघि बढाउन सुझाव दिए ।
उपाध्यक्ष सापकोटाले समाज परिवर्तनका लागि धेरै मान्छे नचाहिने र थोरै मान्छेले पनि समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्छन् भन्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे
। विशेष अतिथि पोखरा जेसीजका संस्थापक निर्देशक एवं पूर्व अध्यक्ष आनन्दराज मुल्मीले असल व्यक्ति बन्न सिकाउने जेसीजमा लागेपछि एउटा जिम्मेवार नागरिकले आफ्नो परिवार, समाज र राष्ट्रलाई बिर्सन नहुने कुरा जोड दिए । पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका मुल्मीले जेसीको मूलमन्त्र आत्मसाथ गर्दै अघि बढेका युवाहरु अहिले आफ्नो क्षेत्रमा स्थापित भएको पनि बताए । कार्यक्रममा संस्थापक निर्देशक कृष्ण प्रसाद आचार्यले संस्था स्थापना गर्दाको अनुभव शेयर गर्नुका साथै संस्थाका हालका सदस्यहरु र संस्थाको प्रगति देखेर खुशी व्यक्त गरे ।
पोखरा जेसिजका अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा लेडी जेसीजका अध्यक्षसपना गिरी, लेखनाथ जेसीजका अध्यक्ष रोशन अधिकारी र आदर्श समाज सामाजिक संस्थाका अध्यक्ष भिम देव शर्माले शुभकामना मन्तव्य राखे ।
उक्त कार्यक्रममा पोखरा जेसीजको बन्दै गरेको भवन निर्माण सम्बन्धी जानकारी किरण केसीले राखेका थिए । सोहि अवसरमा नविन थापा मगर, तिलक प्रसाद लामिछाने, पवित्रा अधिकारी (सर्जि), ध्रुव पोखरेल, बलराम कुंइकेलले आर्थिक सहयोग पनि गरे ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य पोखरा जेसीजका कार्यकारीणि उपाध्यक्ष मोहन प्रसाद अधिकारी, धन्यवाद ज्ञापन कार्यक्रम संयोजक सन्देश पराजुली र कार्यक्रम सञ्चालन महासचिव शक्ति वरुवालले गरेका थिए । पोखरा जेसीजकै आफ्नो भवनमा आयोजित उक्त कार्यक्रमको अन्तिममा ४५ औं वार्षिकोत्सवको अवसरमा केक काटी आपसमा शुभकामना आदानप्रदान गरी समापन गरिएको थियो ।
सम्बन्धित खबर
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस
स्याङ्जामा ६ महिनामै १२८ फरार समातिए, दुई करोडभन्दा बढी जरिवाना असुल
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
गुरुकुलका आठ वटुकलाई स्वास्थ्य बिमा
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल