लायन्स क्लब अफ स्वर्णिम सिटीमा नयाँ नेतृत्व

लायन्स क्लब अफ स्वर्णिम सिटीमा नयाँ नेतृत्व

photo

 पोखरा । लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीमा नयाँ नेतृत्व चयन भएका छन् । क्लबकाे अधिवेशनबाट इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतकाे क्लब स्वर्णिम सिटीले नयाँ कार्यसमिति निर्बिरोध चयन गरेकाे हाे ।

लायन मोहन प्र. अधिकारीको अध्यक्षतामा चयन भएको स्वर्णिम सिटीको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा लायन शक्ति बरुवाल, द्वितीय उपाध्यक्षमा लायन राजु लामा , सचिवमा लायन भाइराज राना र कोषाध्यक्षमा लायन हरि प्र. अर्याल सहित अन्य कार्यसमिति पनि चयन भएका छन् ।

क्लब अध्यक्ष लायन गोबिन्द प्र. देबकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथि जोन चियरपर्सन लायन बिन्दु श्रेष्ठ र रिजन चियरपर्सन लायन जगन्नाथ तिमिल्सिनाले शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष अधिकरीले क्लबलाई अझै प्रभावकारी बनाउनका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे । अधिबेशनबाट नेतृत्वमा आएका नयाँ कार्यसमितिले बर्ष २०१९/२० को कार्यकालको जिम्मेवारी लिने क्लबका अध्यक्ष देबकोटाले बताए । उक्त क्लबमा युवाहरू मात्रै संगठित भएर लागेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ