काठमाडौं । सन् २००१ मा अमेरिकाको ट्विन टावर हमला सहित थुप्रै आतङ्कवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनलाई मार्ने अमेरिकी नेवी सील टीममा सहभागी बेल्जियन मालिनोस प्रजातिको कुकुरलाई मध्यप्रदेश प्रहरीले डग स्क्वायडमा सहभागी गराइएको छ ।
मालिनोस जातिको कुकुरलाई अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसको सुरक्षामा खटाइदै आइएको छ । मध्यप्रदेश प्रहरीले २ बेल्जियन मलिनोसआफ्नो डग स्क्वायडमा समावेश गरेको छ । मध्यप्रदेश प्रहरीका एक अधिकारीले भने, ‘यस जातिको कुकुरको सूंघने र हमला गर्ने क्षमता अन्य प्रजातिको कुकुरमा भन्दा ज्यादा हुन्छ ।’
यी कुकुरलाई नौ महिना प्रशिक्षण दिइनेछ । जसको खर्च एक लाख भारतीय रुपैयाँ प्रति कुकुर हुनेछ । सो खर्चमा उनको लागि आहार र अन्य सुविधाहरु हुनेछन् । विश्वका कयौ प्रहरी बल पनि यस जातिको कुकुरको प्रयोग आफ्नो डग स्क्वायडमा गरिरहन्छन् ।
मध्यप्रदेशमा यसभन्दा पहिले यस जातिको कुकुर वन्यजीव संरक्षण र अवैध शिकार विरोधी अभियानको लागि गरिएको थियो। बेल्जियन मालिनोसको ऊंचाई २४ देखि २५ इन्च हुन्छ । यसको वजन १८ किलोग्रामदेखि २७ किलोग्रामसम्म हुनसक्छ । यसको औसत आयु १४ देखि१६ बर्ष हुन्छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु