मुग्लिनमा बन्दै गरेको ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने

मुग्लिनमा बन्दै गरेको ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने

muglin

file photo

पोखरा । २०७१ सालबाट निर्माण थालिएको मुग्लिनको मोटरेवल पुल आगामि जेठबाट सञ्चालनमा आउने भएको छ । चितवनको जिल्लाको इच्छाकामना गाउँपालिका स्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने निर्माणाधीन मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने सञ्चालक समितिले जनाएको हो ।
कुल १२ करोड रुपैँया लागतमा बन्दै गरेको उक्त पुल निर्माणको जिम्मा इ–राइड एडभेञ्चर लोहनी जेभी कम्पनीले लिएको थियो । निर्माण कम्पनीको अनुसार एक सय ६० मिटर लम्वाई र ११ मिटर चौडाई भएको उक्त पुलको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

मुग्लिनमा रहेको पुरानो मोटरेवल पुल

पुलमा रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी छ । त्यो पनि बैशाख महिना भित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।  चीनमा पढेर आएका नेपाली इञ्जिनीयरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ