तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र कास्की–२ खाली भएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गरेको त छैन तर सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा परिचर्चा सुरु भइसकेको छ ।
सम्भावित उम्मेदवारको रुपमा उनकै पत्नी विद्या भट्टराई, नेकपा सचिवालय सदस्य बामदेव गौतमदेखि जिल्लाका नेतासम्मको नाम चर्चामा छन् । तर वामदेवले भने आफू नउठ्ने र रवीन्द्रको परिवारलाई प्राथमिकता दिइनुपर्ने स्पष्ट पारिसकेका छन् ।
आजको नयाँ पत्रिका दैनिकले सम्भावित उम्मेदवारमा विद्या भट्टराई, सोमनाथ अधिकारी प्यासी, धनराज आचार्य, तुलबहादुर गुरुङ र रश्मी आचार्यको नाम बढी चर्चामा रहेको खबर छापेको छ । यद्यपी विद्याले आफू उम्मेदवार नबन्ने संकेत गरेकी छिन् । बामदेवले पनि आँफू उम्मेदवार बन्न नसक्ने सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिसकेका छन् ।
यो अवस्थामा सबैभन्दा बढी सम्भावना सोमनाथ अधिकारीको रहने नेकपा भित्रैका नेताहरु बताउँछन् । नेकपा केन्द्रिय सदस्य राजकाजी गुरुङ करणले पनि दावी गर्न सक्नेछन् । उनी यसअघि यही निर्वाचन क्षेत्रको (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए । काँग्रेस उम्मेदवार विन्दुकुमार थापासँग पराजीत उनी यसपटक प्रतिनिधिसभामा उम्मेदवार बन्न सक्ने आँकलन नेकपा भित्रै भैरहेको छ ।
प्रमुख निर्वाचन आयुक्तमा प्रश्तावित दिनेशकुमार थपलियाले ३ महिनाभित्रै सबै रिक्त पदमा चुनाव गराउने प्रतिबद्धता जनाएका छन् । यसको मतलव नयाँ आर्थिक बर्ष नलाग्दै यहाँ चुनाव हुने सम्भावना छ । नेपाली काँग्रेसभित्र पनि उम्मेदवारको चर्चा सुरु भएको छ । अधिकारीसँग पराजीत यसअघिकै उम्मेदवार देवराज चालिसे पुनः उम्मेदवार बन्ने सम्भावना प्रवल छ । यद्यपी नयाँ उम्मेदवार खोज्नुपर्ने वहस पनि काँग्रेसभित्र भैरहेको छ ।
चालिसेको विकल्पमा नेता वीरेन्द्रनारायण विजुक्छे, सोभियतबहादुर अधिकारीको नाम पनि अगाडी छ । विजुक्छे हालका पार्टी सभापति शेरबहादुर देउवा निकट भएकाले पनि उनले टिकट पाउने सम्भावना धेरै रहेको उनी मार्काका नेताहरुको विश्लेषण छ । तर चालिसेलाई पनि धेरै नेताहरुको सहानुभुति रहेकोले उनले टिकट पाउने सम्भावना पनि उत्तिकै छ ।
श्रोतका अनुसार पहिलो, दोश्रो र तेश्रो गरेर उम्मेदवारको छलफल भएको छैन । तर तीनैजनाको सम्भावना उत्तिकै छ । यसबाहेक अन्य उम्मेदवार अघि सर्न सक्ने सम्भावना पनि छ । ति नामहरु चाहीँ सार्वजनिक गरिएका छैनन् ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’