को होला कास्कीमा रवीन्द्रको उत्तराधिकारी ? (यस्तो छ सम्भावना)

को होला कास्कीमा रवीन्द्रको उत्तराधिकारी ? (यस्तो छ सम्भावना)

Rabindra uttaradhikari

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र कास्की–२ खाली भएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गरेको त छैन तर सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा परिचर्चा सुरु भइसकेको छ ।

सम्भावित उम्मेदवारको रुपमा उनकै पत्नी विद्या भट्टराई, नेकपा सचिवालय सदस्य बामदेव गौतमदेखि जिल्लाका नेतासम्मको नाम चर्चामा छन् । तर वामदेवले भने आफू नउठ्ने र रवीन्द्रको परिवारलाई प्राथमिकता दिइनुपर्ने स्पष्ट पारिसकेका छन् ।

आजको नयाँ पत्रिका दैनिकले सम्भावित उम्मेदवारमा विद्या भट्टराई, सोमनाथ अधिकारी प्यासी, धनराज आचार्य, तुलबहादुर गुरुङ र रश्मी आचार्यको नाम बढी चर्चामा रहेको खबर छापेको छ । यद्यपी विद्याले आफू उम्मेदवार नबन्ने संकेत गरेकी छिन् । बामदेवले पनि आँफू उम्मेदवार बन्न नसक्ने सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिसकेका छन् ।

यो अवस्थामा सबैभन्दा बढी सम्भावना सोमनाथ अधिकारीको रहने नेकपा भित्रैका नेताहरु बताउँछन् । नेकपा केन्द्रिय सदस्य राजकाजी गुरुङ करणले पनि दावी गर्न सक्नेछन् । उनी यसअघि यही निर्वाचन क्षेत्रको (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए । काँग्रेस उम्मेदवार विन्दुकुमार थापासँग पराजीत उनी यसपटक प्रतिनिधिसभामा उम्मेदवार बन्न सक्ने आँकलन नेकपा भित्रै भैरहेको छ ।

प्रमुख निर्वाचन आयुक्तमा प्रश्तावित दिनेशकुमार थपलियाले ३ महिनाभित्रै सबै रिक्त पदमा चुनाव गराउने प्रतिबद्धता जनाएका छन् । यसको मतलव नयाँ आर्थिक बर्ष नलाग्दै यहाँ चुनाव हुने सम्भावना छ । नेपाली काँग्रेसभित्र पनि उम्मेदवारको चर्चा सुरु भएको छ । अधिकारीसँग पराजीत यसअघिकै उम्मेदवार देवराज चालिसे पुनः उम्मेदवार बन्ने सम्भावना प्रवल छ । यद्यपी नयाँ उम्मेदवार खोज्नुपर्ने वहस पनि काँग्रेसभित्र भैरहेको छ ।

चालिसेको विकल्पमा नेता वीरेन्द्रनारायण विजुक्छे, सोभियतबहादुर अधिकारीको नाम पनि अगाडी छ । विजुक्छे हालका पार्टी सभापति शेरबहादुर देउवा निकट भएकाले पनि उनले टिकट पाउने सम्भावना धेरै रहेको उनी मार्काका नेताहरुको विश्लेषण छ । तर चालिसेलाई पनि धेरै नेताहरुको सहानुभुति रहेकोले उनले टिकट पाउने सम्भावना पनि उत्तिकै छ ।

श्रोतका अनुसार पहिलो, दोश्रो र तेश्रो गरेर उम्मेदवारको छलफल भएको छैन । तर तीनैजनाको सम्भावना उत्तिकै छ । यसबाहेक अन्य उम्मेदवार अघि सर्न सक्ने सम्भावना पनि छ । ति नामहरु चाहीँ सार्वजनिक गरिएका छैनन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds