पत्रकारमाथि दुर्व्यवहार गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न अनलाइन पत्रकार संघ गण्डकीको माग

पत्रकारमाथि दुर्व्यवहार गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न अनलाइन पत्रकार संघ गण्डकीको माग

Asbin Dani

पोखरा : अनलाइन पत्रकार संघ गण्डकीले पोखराबाट आधिकारिकताका साथ सञ्चालित गण्डकन्यूज डटकमका पत्रकार अश्विन दानीमाथि सुरक्षाकर्मीले गरेको दुव्र्यवहारप्रति अनलाइन पत्रकार संघ गण्डकीले खेद व्यक्त गरेको छ ।

पत्रकार संघ, गण्डकीका अध्यक्ष गणेश बरालले एक विज्ञप्ती जारी गर्दै सुरक्षाकर्मीबाट पत्रकार माथि हातपात र दुव्र्यवहार हुनु मिडिया माथिको नांगो हस्तक्षेप भएको हाम्रो ठहर गरेका छन् । दानी माथि हातपात गर्दै संचार सामाग्रि (मोबाइल सेट) फुटाउने दोषी सुरक्षाकर्मी माथि कडा भन्दा कडा कारबाहीको माग गर्दै उचित क्षतिपूर्तिको व्यबश्था मिलाउन संघले माग गरेको छ । अनलाइन पत्रकार संघ गण्डकीका कार्यसमिति सदस्य पनि हुन् ।

विज्ञप्तीमा उल्लेख छ ‘ पछिल्लो समय कास्कीमै लगातार अनलाइन संचारकर्मी र प्रेसजगत माथि भइरहेको प्रहार सुनियोजित षड्यन्त्र त हैन भन्ने गम्भीर प्रश्न चिन्ह खडा भएको छ । यसरी बारम्बार संचार जगत माथि भएको नांगो हस्तक्षेपलाई तत्काल बन्द गरि निर्वाधरूपमा समाचार संकलन र सम्प्रेषण गर्ने वाताबरण निर्माण गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउनका लागि राज्य, स्थानिय प्रशासन, सुरक्षा निकाय र नागरिक समुदायमा सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।’

https://www.facebook.com/ganesh.news/posts/2365853500132799

पत्रकारमाथि सुरक्षाकर्मीको दादागिरी ! गण्डकन्यूज पत्रकार दानीमाथि हातपात र दुर्व्यवहार (भिडियोसहित)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds