पोखराका आशिक स्याङ्जामा लागु औषधसहित पक्राउ

पोखराका आशिक स्याङ्जामा लागु औषधसहित पक्राउ

drug-

File Photo

स्याङ्जा । पोखराका आशिक नेपाली स्याङ्जामा लागुऔषध सहित पक्राउ परेका छन् । पोखरा महानगरपालिका १९ लामाचौर घर बताउने २४ वर्षीय नेपालीलाई पुतलीबजार नगरपालिका-१ ट्याक्सी चोकबाट पक्राउ गरिएको हो ।

नेपालीले बोकेको झोला चेकजाँच गर्ने क्रममा १ सय १० थान डायजेपाम, सोही नै परिणाममा फेरागन, नुफिन र एक्पुल लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा पक्राउ परेका उनलाई अदालतले ७ दिनको म्याद थप गरेको छ। अनुसन्धान जारी रहेको स्याङ्जा प्रहरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ