पोखरा : गण्डकी प्रदेशका सांसद मन वहादुर गुरुङले कास्कीको पर्यटकिय गाउँ सिक्लेस गुरुङको मौलिक संस्कार, संस्कृति र परम्पराले ऐतिहासिक गाउँ भएको बताउँदै गुरुङहरुको ईतिहास बुझ्न सोहि ठाउँ जान सुझाव दिएका छन् । मादी गाउँपालीका वडा नम्बर १ रिसफ्लु सिक्लेसमा निर्माणाधीन चिली (सिक्लेस) क्होइवोको शिलान्यास गर्दै सांसद गुरुङले यस्तो बताएका हुन् ।
पुरोहित पच्यु , ल्हौउरी सिक्न सिक्लेस जानुपर्ने भन्ने मन्यता आम गुरुङ समुदायमा रहेको भन्दै सिक्लेस क्होइवो निर्माणवाट यस बिश्वासलाई थप टेवा पुग्ने धारणा ब्यक्त गरे । सिक्लेसमा गुरुङको इतिहास खोज्दै गयो भने पाउने तर नदेखिने अवस्थामा रहेको बताउँदै सिक्लेस क्होइबो निर्माण सम्पन्न भएपछि सहज हुने बताए । चिली क्होइवो निर्माणको लागि हालसम्म करिव ७० लाख संकलन भइसकेको छ ।
क्होइवो निर्माणको लागि सिक्लेस घर भई पोखरा लालीगुरासटोल निबासी नन्दराज गुरुङको परिवारले वावा र आमाको स्मृतिमा १० लाख २५ हजार, निर्माण समितिका प्रमुख एबम परिकल्पनाकार बल बहादुर गुरुङले १० लाख १० हजार ९ सय ५ रुपैया, तमु प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष पम वहादुर गुरुङले आफ्ना बाबा आमाको स्मृतिमा नगद १० लाख १० हजार ८ सय ७० सहयोग गरेका छन् ।
आर्थिक संकलन समितिका कोषाध्यक्ष फिम वहादुर गुरुङका अनुसार नगद १ देखि १० हजारसम्म सहयोग गर्नेहरु ३४ जना, १० हजारदेखि १५ हजारसम्मा सहयोग गर्नेहरु २० जना, १५ हजारदेखि २५ हजारसम्मा सहयोग गर्नेहरु ११ जना, २५ हजारदेखि ५० हजारसम्मा सहयोग गर्नेहरु ७ जना, ५० हजारदेखि १ लाखसम्मा सहयोग गर्नेहरु ८ जना र १ लाख भन्दा बढि सहयोग गर्नेहरु २८ जना भएका छन् ।
क्होइवो करिब १ करोड ३० लाखको लागतमा निर्माण हुने निर्माण समितिका प्रमुख बल बहादुर गुरुङले जानकारी दिए । तमु प्ये ल्हु संघ क्होइवो निर्माण समिति सिक्लेसका अध्यक्ष सुरज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय उपाध्यक्ष पम बहादुर गुरुङ , मानवशास्त्री पोल वहादुर गुरुङ र निर्माण समितिका उपाध्यक्ष इच्छा वहादुर गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो