पोखरा : गण्डकी प्रदेशका सांसद मन वहादुर गुरुङले कास्कीको पर्यटकिय गाउँ सिक्लेस गुरुङको मौलिक संस्कार, संस्कृति र परम्पराले ऐतिहासिक गाउँ भएको बताउँदै गुरुङहरुको ईतिहास बुझ्न सोहि ठाउँ जान सुझाव दिएका छन् । मादी गाउँपालीका वडा नम्बर १ रिसफ्लु सिक्लेसमा निर्माणाधीन चिली (सिक्लेस) क्होइवोको शिलान्यास गर्दै सांसद गुरुङले यस्तो बताएका हुन् ।
पुरोहित पच्यु , ल्हौउरी सिक्न सिक्लेस जानुपर्ने भन्ने मन्यता आम गुरुङ समुदायमा रहेको भन्दै सिक्लेस क्होइवो निर्माणवाट यस बिश्वासलाई थप टेवा पुग्ने धारणा ब्यक्त गरे । सिक्लेसमा गुरुङको इतिहास खोज्दै गयो भने पाउने तर नदेखिने अवस्थामा रहेको बताउँदै सिक्लेस क्होइबो निर्माण सम्पन्न भएपछि सहज हुने बताए । चिली क्होइवो निर्माणको लागि हालसम्म करिव ७० लाख संकलन भइसकेको छ ।
क्होइवो निर्माणको लागि सिक्लेस घर भई पोखरा लालीगुरासटोल निबासी नन्दराज गुरुङको परिवारले वावा र आमाको स्मृतिमा १० लाख २५ हजार, निर्माण समितिका प्रमुख एबम परिकल्पनाकार बल बहादुर गुरुङले १० लाख १० हजार ९ सय ५ रुपैया, तमु प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष पम वहादुर गुरुङले आफ्ना बाबा आमाको स्मृतिमा नगद १० लाख १० हजार ८ सय ७० सहयोग गरेका छन् ।
आर्थिक संकलन समितिका कोषाध्यक्ष फिम वहादुर गुरुङका अनुसार नगद १ देखि १० हजारसम्म सहयोग गर्नेहरु ३४ जना, १० हजारदेखि १५ हजारसम्मा सहयोग गर्नेहरु २० जना, १५ हजारदेखि २५ हजारसम्मा सहयोग गर्नेहरु ११ जना, २५ हजारदेखि ५० हजारसम्मा सहयोग गर्नेहरु ७ जना, ५० हजारदेखि १ लाखसम्मा सहयोग गर्नेहरु ८ जना र १ लाख भन्दा बढि सहयोग गर्नेहरु २८ जना भएका छन् ।
क्होइवो करिब १ करोड ३० लाखको लागतमा निर्माण हुने निर्माण समितिका प्रमुख बल बहादुर गुरुङले जानकारी दिए । तमु प्ये ल्हु संघ क्होइवो निर्माण समिति सिक्लेसका अध्यक्ष सुरज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय उपाध्यक्ष पम बहादुर गुरुङ , मानवशास्त्री पोल वहादुर गुरुङ र निर्माण समितिका उपाध्यक्ष इच्छा वहादुर गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो, ७ जना घाइते
तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु
रानीपौवामा निःशुल्क शिविर
कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोर मृत फेला
साम्बाको नाममा लमजुङमा साम्बाचोक स्थापना
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार