लेखनाथका मुख्य चोकहरुमा सिसीटिभी क्यामरा जडानको तयारी

लेखनाथका मुख्य चोकहरुमा सिसीटिभी क्यामरा जडानको तयारी

Lekhnath

पोखरा :  लेखनाथ नगर क्षेत्रको मुख्य सडक चोकहरुमा हुनसक्ने दुर्घटना तथा अपराधिक गतिविधीहरुलाई न्यूनिकरण गने उदेश्यले सिसी टिभि क्यामेरा जडानको तयारी गरिएको छ । सिसी टिभि क्यामेरा जडानका लागि शनिबार सामुदायिक सेवा केन्द्र लेखनाथका संस्थापक अध्यक्ष मोती गिरीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।

लेखनाथ सामुदायिक सेवा केन्द्रको अगुवाईमा शनिवार भएको भेलाबाट गिरीको संयोजकत्वमा गठन गरेको समितिको सचिवमा शैलेन्द्रमोहन भटराई, सह सचिवमा कृष्ण प्रसाद अधिकारी र कोषाध्यक्षमा बेदराज न्यौपाने (गोल्डेन मेन) रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा उपेन्द्रराज सुवेदी राजु, गंगा खनाल, बुद्धिमाया थापा मगर,बेगनास युुवा क्वलका अध्यक्ष रामबहादुर रानाभाट, राईजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ रहेका छन् । आवश्यकता अनुसार मुख्य चोक चोकका वजार ब्यवस्थापन समितिका अध्यक्षहरु रहने बताईएको छ ।

भेलाले कास्कीका प्रहरी प्रमुख ओम राना र साविक लेखनाथ नगर क्षेत्र भित्रका आठ वटा वडा अध्यक्षहरुलाई, ईलाका प्रशासन कार्यालय खुदीका प्रमुख, समाजसेवी डब्लु टु गम बहादुर गुरुङ, लेखनाथ उद्योग बाणिज्य संघ,सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष,उद्योग ब्यावसायी चन्द्रकृष्ण कर्माचार्य, गणेश बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, गोविन्द कर्माचार्य, वावुारम गिरी, डाँडाकोनाक प्रहरी चौकीका ईन्चार्ज, गण्डकी प्रदेश ट्राफिक प्रमुख, हाडवर्यस एशोसियशन लेखनाथ र आवश्यकता अनुसार अन्य सल्लाहकारहरु पनि चयन गर्न सकिने संयोजक मोती गिरीले जानकारी दिएका छन् ।

समितिले आगामी दिनमा स्थलगत निरीक्षण गरि आवश्यकता अनुसार ठाँउको छनोट र इस्टिमेट गरी कामलाई अगाडि बढाउने भएको छ । सिसी क्यामरा जडानका लागि विभिन्न सामाजिक संघसंस्था तथा ब्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ