अशोक विश्वकर्मा, तनहुँ । आफ्नो दौँतरी किताबको झोला बोकेर रोडरोडै स्कूल जान्छन् । सलिना रोड छेवैमा काँक्रो बेच्छिन् । मनभरी किताव छ, हातभरी काँक्रो छ । तनहुँ आँधीमूलकी सलिना भुजेल बल्ल १० वर्षकी भईन् । तर, घर धान्न आमालाई उनकै साथ चाहिन्छ । काँक्रो फिस्लिङमा फल्छ, सलिनाले दुलेगौंडा तिर बेच्छिन् ।
रोड छेवैमा कपुरको रुख मुनी बसेर काँक्रा बेच्दै गरेकी सलिना आफू पढ्न नपाएपनि अरुलाई पढाउन मन छ, तर पढाउन आफै पढ्न पर्छ भन्ने पनि थाहा छ । मनमा पो पढाई छ, दिनभर काँक्रा बेच्नुपर्छ । घरमा आर्थिक सहयोग गर्ने कोही नभएपछि आमासँगै काँक्रा बेच्नुपरेको उनी सुनाउँछिन् । यो खेल्ने, पढ्ने उमेर हो ।
तर, बालापन नै नआई समय बित्यो । ‘खेल्न त मन लाग्छ, आमाले कराइहाल्नु हुन्छ ।’ सलिना ओठ बिगार्दै भन्छिन् – ‘मसँगै काक्राँ बेच्न हिँड् भनेर ल्याउनुहुन्छ ।’ विहान उठेपछि फिस्लिङमा काँक्रा खरिद गर्न आमा सँगै जानु र बजारमा बिक्री गर्न ल्याउनु उनको दैनिकी नै बनेको छ । बुबा सर्वसिंहले कान्छी बिहे गरेर आफ्नै सुर गरेपछि कक्षा ४ मा पढ्दै गरेकी सलिनाको जिन्दगीको गोरेटो बदलियो ।
हिजोसम्म विद्यालयको गोरेटो आज बजारतिर अघि बढेको छ । विद्यालय जाने की आमासँगै ब्यापार गर्ने ? उनलाई आफूले चाहेको नै हुँदो हो त, स्कुलको विकल्प अरु हुनै सक्दैन । बजारका घरघरमा डोकाभरी काँक्रा बोकेर सलिनाकी आमा ब्यापार गर्ने गरेकी छिन् । सलिना चौतारातिर नै हुन्छिन् । दिनभरी काँक्रो बेचेको पैसा उनले आमालाई नै लगेर दिन्छिन् ।
शनिबार ९ सयको बेचिछन् । लजालु स्वाभावकी सलिनाका घरमा अन्य सदस्य नभएका पनि होइनन् । बुबा धेरै टाढा छैनन् । पारी गाउँमा कान्छी आमासँग बस्छन् । तर, सहयोग छैन । दिदी घरमै बसेर नाङ्ला बुन्छिन् । दाइ स्कुल जान्छन् । उनलाई असाध्यै स्कुल जान मन छ । तर, कसले पढाइदिन्छ ?
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन