तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको गुणादिमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका-३३ बस्ने वर्ष ३१ को सन्दिप कुवंरको मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते कुवंर लाई उपचारका लागि दमौलि अस्पताल ल्याइएको थियो तर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौलीबाट पोखरा तर्फ जादै गरेको ना ६ ख ८४१० नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं ३ -०२-००१ प ६०३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
त्यस्तै मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका-७ मासबार बस्ने वर्ष २५ कि सिर्जना रावत घाइते भएकी छिन ।
रावतको दायाँ खुट्टा र छातिमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
घाइते रावतको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भईरहेको र बस, मोटरसाइकल र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु