तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको गुणादिमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका-३३ बस्ने वर्ष ३१ को सन्दिप कुवंरको मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते कुवंर लाई उपचारका लागि दमौलि अस्पताल ल्याइएको थियो तर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौलीबाट पोखरा तर्फ जादै गरेको ना ६ ख ८४१० नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं ३ -०२-००१ प ६०३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
त्यस्तै मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका-७ मासबार बस्ने वर्ष २५ कि सिर्जना रावत घाइते भएकी छिन ।
रावतको दायाँ खुट्टा र छातिमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
घाइते रावतको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भईरहेको र बस, मोटरसाइकल र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
भरुवा बन्दुकसहित एक युवक पक्राउ
कालीगण्डकी राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श माविलाई
गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन अन्त्य
स्याङ्जामा फरार दोषी पक्राउ: १ हजार जरिवाना तिर्न बाँकीदेखि जजकमा संलग्नसम्म
पुतलीबजार आलुमा आत्मनिर्भर बन्दै, ७१ हजार किलो बीउ वितरण
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट