संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको ६० औँ दिनको स्मृतिमा अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री बितरण गरेको छ । आइतबार अधिकारीको ६० औँ दिनको स्मृतिमा कमिटीले शान्ति उदय माबि पोखरा ३३ का १८० जना विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री बितरण गरेको हो ।
स्व.अधिकारी आफैले कक्षा १० सम्म अध्ययन गरेको विद्यालयका विद्यार्थीहरुलाई उक्त सहयोग सामाग्री बितरण गरिएको हो । आज नै अनेरास्ववियुले प्रकाशन गरेको नयाँ बर्ष २०७६ सालको क्यालेन्डर अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष र वडा ३३ का अध्यक्ष शिव आचार्यले संयुक्त बिमोचन गरेका थिए । क्यालेण्डरमा स्व. अधिकारीको फोटो , र संगठनका बिबिध गतिविधि समाबेश गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रश्मि आचार्यले स्व.अधिकारिले शिक्षा क्षेत्रमा छाडेको छाप अमेट रहेको बताउँदै विद्यार्थी परिचयपत्र को आधारमा दिइएको छुटमा उनी अझै जिबित रहेको धारण ब्यक्त गरिन् ।
त्यस्तै कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ३३ का वडा अध्यक्ष शिव आचार्यले स्व.अधिकारीले वडाको समग्र बिकासमा अतुलनीय योगदान पु¥याएको बताउँदै उनलाई गुमाउँदा पीडा ब्यक्त गर्न नसक्ने प्रस्टाए ।
संगठनका अध्यक्ष शेखर गौतमले अधिकारीले देश र जनता प्रति गरेको योगदानलाई आतमसाथ गर्ने सके नेपाल आर्थिक बिकास र समृद्धि तर्फ उन्मुख हुने बताए । उक्त कार्यक्रमको संचालन क्षेत्रीय इन्चार्ज रोशन भट्टराई र अध्यक्षता शेखर गौतम ले गरेका थिए ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?