स्व. रविन्द्रको स्मृतिमा अनेरास्ववियुद्वारा विद्यार्थीलाई सहयोग

स्व. रविन्द्रको स्मृतिमा अनेरास्ववियुद्वारा विद्यार्थीलाई सहयोग

58543614_1629976287146780_4117418218476273664_n

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको ६० औँ दिनको स्मृतिमा अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री बितरण गरेको छ । आइतबार अधिकारीको ६० औँ दिनको स्मृतिमा कमिटीले शान्ति उदय माबि पोखरा ३३ का १८० जना विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री बितरण गरेको हो ।

स्व.अधिकारी आफैले कक्षा १० सम्म अध्ययन गरेको विद्यालयका विद्यार्थीहरुलाई उक्त सहयोग सामाग्री बितरण गरिएको हो । आज नै अनेरास्ववियुले प्रकाशन गरेको नयाँ बर्ष २०७६ सालको क्यालेन्डर अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष र वडा ३३ का अध्यक्ष शिव आचार्यले संयुक्त बिमोचन गरेका थिए । क्यालेण्डरमा स्व. अधिकारीको फोटो , र संगठनका बिबिध गतिविधि समाबेश गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि रश्मि आचार्यले स्व.अधिकारिले शिक्षा क्षेत्रमा छाडेको छाप अमेट रहेको बताउँदै विद्यार्थी परिचयपत्र को आधारमा दिइएको छुटमा उनी अझै जिबित रहेको धारण ब्यक्त गरिन् ।

त्यस्तै कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ३३ का वडा अध्यक्ष शिव आचार्यले स्व.अधिकारीले वडाको समग्र बिकासमा अतुलनीय योगदान पु¥याएको बताउँदै उनलाई गुमाउँदा पीडा ब्यक्त गर्न नसक्ने प्रस्टाए ।

संगठनका अध्यक्ष शेखर गौतमले अधिकारीले देश र जनता प्रति गरेको योगदानलाई आतमसाथ गर्ने सके नेपाल आर्थिक बिकास र समृद्धि तर्फ उन्मुख हुने बताए  । उक्त कार्यक्रमको संचालन क्षेत्रीय इन्चार्ज रोशन भट्टराई र अध्यक्षता शेखर गौतम ले गरेका थिए  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ