पोखरा । बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै नेपाल तरुण दल कास्कीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत बालुवाटार जग्गा प्रकरणमा मुछिएका सबैलाई कारवाहीको गर्न ध्यानाकर्षण गराउँदै दलले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो ।
‘सार्वजनिक र सरकारी जमिनहरुको संरक्षण गर्नुपर्ने सरकारको मुख्य दायित्व हो । त्यसलाई चटक्कै विर्सेर भूमाफियासँग मिलेर सरकारकै संरक्षणमा पार्टीका नेता र कार्यकर्तालाई लालपुर्जा बाँड्ने काम भयो’ ज्ञापनपत्रमा भनिएको छ, ‘जनताको साझा सम्पत्ति माफियासँग मिलेर ब्यक्तिको नाममा हस्तान्तरण गर्ने अक्षम्य भ्रष्टाचारको तरुण दल घोर विरोध गर्दछ । विष्णु पौडेल र संलग्न ब्यक्तिहरुलाई तुरुन्त हदैसम्मको कारबाही गरियोस् ।’
‘सरकारले विभिन्न बहानामा गर्दै एनसेलको कर छलिमा सघाएको छ । ७० अर्वभन्दा बढी कर तुरुन्त असुलउपर गरिनुपर्छ । वाईडबडीको काण्ड तत्काल छानवीन गरि प्रतिवेदन सार्वजनिक गर्नुपर्छ र मेलम्ची आयोजना जतिसक्दो छिटो पूरा गर्नुपर्छ’ ज्ञापनपत्रमा भनिएको छ ।
दलले निर्मला पन्त लगायत नेपाली चेलीहरुको बलात्कार र हत्या तथा अन्य आपराधिक गतिविधि तुरुन्त रोकी अपराधीलाई कडा कारबाही गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्दै शुन्य सहनशीलता कायम गरिनुपर्ने लगायत ६ बुँदे मागसमेत पठाएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?