पोखरा । बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै नेपाल तरुण दल कास्कीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत बालुवाटार जग्गा प्रकरणमा मुछिएका सबैलाई कारवाहीको गर्न ध्यानाकर्षण गराउँदै दलले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो ।
‘सार्वजनिक र सरकारी जमिनहरुको संरक्षण गर्नुपर्ने सरकारको मुख्य दायित्व हो । त्यसलाई चटक्कै विर्सेर भूमाफियासँग मिलेर सरकारकै संरक्षणमा पार्टीका नेता र कार्यकर्तालाई लालपुर्जा बाँड्ने काम भयो’ ज्ञापनपत्रमा भनिएको छ, ‘जनताको साझा सम्पत्ति माफियासँग मिलेर ब्यक्तिको नाममा हस्तान्तरण गर्ने अक्षम्य भ्रष्टाचारको तरुण दल घोर विरोध गर्दछ । विष्णु पौडेल र संलग्न ब्यक्तिहरुलाई तुरुन्त हदैसम्मको कारबाही गरियोस् ।’
‘सरकारले विभिन्न बहानामा गर्दै एनसेलको कर छलिमा सघाएको छ । ७० अर्वभन्दा बढी कर तुरुन्त असुलउपर गरिनुपर्छ । वाईडबडीको काण्ड तत्काल छानवीन गरि प्रतिवेदन सार्वजनिक गर्नुपर्छ र मेलम्ची आयोजना जतिसक्दो छिटो पूरा गर्नुपर्छ’ ज्ञापनपत्रमा भनिएको छ ।
दलले निर्मला पन्त लगायत नेपाली चेलीहरुको बलात्कार र हत्या तथा अन्य आपराधिक गतिविधि तुरुन्त रोकी अपराधीलाई कडा कारबाही गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्दै शुन्य सहनशीलता कायम गरिनुपर्ने लगायत ६ बुँदे मागसमेत पठाएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो