कमलपोखरी जुनियर क्लबका यूवाद्धारा आश्रमका बृद्धबृद्धालाई सहयोग

कमलपोखरी जुनियर क्लबका यूवाद्धारा आश्रमका बृद्धबृद्धालाई सहयोग

ASRAM

पोखरा । पछिल्लो समय अधिकांश यूवाहरु लागुपदार्थ र दुव्र्यसनमा फसेर समाजमा अराजकता फैलाउने खालको काम गरेको जताततै देख्न सकिन्छ । तर, बुधबार दिउँसो करिब २ बजे पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको बृद्धा आश्रममा ५ जना यूवा दुवै हातमा प्लाष्टीकको झोला बोकेर पुगे । झोलामा थियो, ‘फलफुल, जुस, साबुन, दाँत माझ्ने मञ्जन’ ।

त्यसरी अचानक झोला भरि सामान बोकेर आश्रम पुगेका यूवाहरुलाई त्यहीँका बृद्धबृद्धाहरुले प्रश्न गरे, ‘को हौँ तिमिहरु ? के लिएर आयौँ ?’

आश्रमका बृद्धबृद्धाको प्रश्न सुन्ने बित्तिकै हातको झोला भुँईमा बिसाउँदै बिद्यान रेग्मीले भने, ‘नमस्कार हजुर, हामी कमलपोखरी जुनियर क्लबबाट । हामिले चैत्र २६ गतेदेखि कमलपोखरी सेभेन ए साइड फुटबल प्रतियोगिता २०७५ गरेका थियौँ । त्यहि प्रतियोगिताबाट आएको पैसाले हजुरहरुलाई केहि सामान दिन मन लागेर आएको  हौँ ।’

यति भनेपछि क्लबको प्रतिनिधित्व गरेर गएका ५ जना यूवाहरुले झोलाबाट सामान झिक्दै भटाभट आश्रमका ७० जना बृद्धबृद्धाको हातमा राखिदिए । बुधबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित कमलपोखरी जुनियर क्लबका अध्यक्ष रेग्मी, सचिव खो बहादुर गुरुङ, कार्यक्रम संयोजक लक्ष्मण गुरुङलगायतका यूवाहरुले बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ