पोखरा । पोखराका क्रियाशिल पत्रकार ऋषिराम बराललाई ‘टंकादेबी तुलसीप्रसाद स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिने भएको छ । पत्रकार महासङ्ग कास्कीद्धारा सञ्चालित तथा पोखरा–५ निवासी सुवर्णप्रसाद कोइराला परिवारजनद्धारा स्थापित सो पुरस्कारको राशी रु. २५ हजार, सम्मानपत्र र दोसल्ला छ।
दुई दशकदेखी पोखरालाई कर्मथलो बनाएर सञ्चार क्षेत्रमा आवद्ध रहनुभएका बराललाई पत्रकारिता मार्फत समाज रुपान्तरणमा भूमिका खेलेकोमा सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको महासङ्गका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । पत्रकार बराल दि हिमालयन टाईम्स र आदर्श समाज दैनिकमा कार्यरत छन् ।
प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली संयोजक तथा पत्रकारहरु रमेश पौडेल , जमुना बर्षा शर्मा सदस्य र महासंघका अध्यक्ष श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई महासङ्गको आजको बैठकले अनुमोदन गरि बराललाई सो पुरस्कार अपर्ण गर्ने निर्णण गरेको हो ।
यहि बैशाख २४ गते ‘राष्ट्रिय पत्रकारिता दिवस’को दिन सो पुरस्कार अर्पण गरिने महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । बरालले वि.सं. २०५६ मा आदर्श समाज दैनिकबाट पत्रकारितामा शुरु गरेका थिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने