‘जात र धर्मलाई जितेको प्रेम’ परिवारबाटै अस्वीकार !

‘जात र धर्मलाई जितेको प्रेम’ परिवारबाटै अस्वीकार !

hajira & aryan (3)

अशोक विश्वकर्मा, तनहुँ भनिन्छ, युद्ध र प्रेमका अगाडी सवै चिज कमजोर सावित हुन्छन् । गुल्मीका राजेन्द्र उर्फ आर्यन कुमार श्रेष्ठ र हाजेरा खातुनले एक अर्काकै बन्न जित भन्दा धेरै त्याग गरेका छन् । अझै पनि अन्तरजातीय विवाहलाई सहर्ष स्वीकार गर्न नसकेको नेपाली समाजमा हिन्दु धर्ममा जन्मिएका आर्यन र मुस्लिम धर्ममा जन्मिएकी हाजेराको विहे न श्रेष्ठ परिवारले स्वीकार्न सक्यो न खातुन परिवारले ।

पारिवारिक असहमतिका वीचमा पनि एक अर्काको गहिरो प्रेममा परेका उनीहरुले नेपाली समाजको बुझाईमा अन्तरधार्मिक विहे गर्ने दुष्साहस गरे । परिणाममा खातुन र श्रेष्ठले परिवारको साथ र माया मात्र गुमाएनन् ऐस आरामको ब्यवसायिक जिवनबाट पनि दुर भए ।  श्रेष्ठले गुल्मीका विभिन्न स्थानमा किराना र फेन्सी पसलमा परिवारलाई सघाउदै आएका थिए भने खातुन पनि बुवाको इलेक्ट्रोनिक्स सम्वन्धि ब्यवसायमा रमेकी थिइन् ।

ढुँगाको भर माटो र माटोको भर ढुँगा झै कसैका साथ नपाए पनि उनीहरु गुल्मीबाट भागी विवाह गरेर बुटवल बस्न थाले । दिन विते, हप्ता विते, महिनौँ विते तर दुवै परिवारले खोजेनन् । ७ महिना पछि खातुन परिवारले मुस्लिम धर्मानुसार श्रेष्ठ र खातुनका विहे गरिदिन सहमत भयो, तर आर्यनको हिन्दु धर्म बाधक बनिदियो ।
कुरानमा “केटाको धर्म र चरित्र बुझेमात्र अभिभावकले छोरी दिन सक्छन्” भन्ने उल्लेख गरिएको छ । श्रेष्ठ लागि परिवार बिरानो भईसकेको थियो, खानुनसँग विहे गर्न धर्म मिल्नुपर्ने बाध्यता अन्तत आर्यनले स्वीकार गरे । खातुन इस्लाम धर्मानुसार निकाहन(विबाह कबुलपत्र) पढेर बैधानिक रुपमा आर्यनकी श्रीमती बनिन् ।

संघर्षले खुशी सँगै सुख फर्कियो

२०६८ सालमा विहे गरेपछि यो जोडीले समाजमा स्थापित हुन कम संघर्ष गरेका छैनन् । आर्यनले भने “विहेमा उनलाई लगाइदिएको गहना बेचेर पसल गरेँ ब्यापार भएन, भाडा तिर्न पनि मुस्किल हुन थाल्यो, थोरै किस्ता पनि तिर्न नसक्ने स्थिति आयो”, उनले भने । मुस्किलले चलाएको पसल तेहि बेला चोरी भयो । आर्यन र हाजेराको सपना ढिलपिलायो तर आर्यन आत्तिएनन बाकी रहेको सामान अब हाजेरा एक्लै बिक्री गर्न बस्नु पर्ने भयो ।
उनले थपे–“मम बनाउन जानेको थिए, बुढीलाई पसलमा राखेर पञ्चमुनी स्कुलको क्यान्टिनमा काम गर्न थालेँ ।”

विद्यालयमा मःम बनाएर हजारौ विद्यार्थीहरुलाई खुवाएनन् मात्र उनले ग्राहक पनि बनाए । उनको पसलमा विद्यालय देखी नै चिनेका ग्राहक आउन थाले उनको पसल तुलानात्मक रुपमा चल्न थाल्यो हाजेराले मात्र पसल धान्न सकिनन् आर्यन पनि पसलमा बस्नु पर्ने भयो ।  उनीहरुको ग्यारेन्टी गहनाको पसलमा ग्राहकको ओइरो लाग्न थाल्यो, सडकको कुनाबाट मेन रोडमा पसल सारे । उनीहरु अहिले ग्राहक माग अनुसार थप ब्यबस्थित अर्काे पसल पनि खोल्न सफल भएका छन् ।

व्यबहारले अत्याएपछी बिदेश जाने अन्तिम तयारीमा रहेका आर्यन तेहि समय सन्तानका धनी भए, हाजेरालाई साहारा चाहियो बिदेश जाने सोच मेटियो । ७ वर्षको अन्तरालमा नै आर्यन खातुनबाट छोरा जन्मिए, पसल सोचेका झै चल्ल थाल्यो, जग्गा जमिन जोडियो । आफन्तको माया थपिदै गयो फेरी सुख र खुशी फर्काउन उनीहरु सफल भए ।

आमा वित्दा बोलाएनन्

आर्यनका बुवाले कान्छी विहे गरेका हुन्, उनलाई जन्म दिने आमा माइतीमा बस्दै आएकी थिइन् । क्यान्सर रोग लागेकी आमालाई आर्यनले औषधी गरेर निको पारिसकेका थिए । “हामी विहे गरेर हिडेपछि आमाको क्यान्सर बल्झिएछ, आमालाई रोगले जितेपछि संसार छोड्नु भएछ ।, मामाहरुले मलाई आमा वित्दा समेत जानकारी दिनुभएन ११ दिन (उम्किएपछि) दाईले थाहा दिनुभयो । म छाँगाबाट खसेजस्तो भएँ चारैतिर अध्यारो देख्न थालेँ,” आर्यनले भने ।

त्यसपछि विना सोच झोला बोकेर बुटवल मामाको घर बस चढेर हुईकिएका आर्यनले लामो समय जाममा फसेपछि सोचेँ —“आमाको मुख देख्न नपाएपछि जानुको के अर्थ ।” तर पनि उनी मामाको घरमा पुगे तर उनलाई मुस्लिम केटी विहे गरेकै कारण कराउने र गुनासो सुनाउने बाहेक अरु सोध्ने कोही भएनन् । औपचारिकता पुरा पछि त्यहा लामो समय बस्नुको अर्थ नदेखेर आर्यन झोला बोकेर फेरि तनहुँ नै फर्किए ।

आर्यनको मनमा परिवारको सम्झना

हाजेराको साथ पाएपछि आर्यन दुनियाँको सवै चिज पाए सरह खुशी छन तर ७ वर्ष भयो, श्रेष्ठ परिवार उनलाई अझै घरमा बोलाउन त के बोल्न पनि तयार छैन । आर्यनका आँखामा दाई दिदी र भाई बहिनीसँग विताएको पलहरु अझै पनि ताजै छन् । इद लगायतका पर्वमा ससुराली पुुग्ने उनलाई दशै र तिहारको खुब सम्झना    आउँछ ।
मुस्मिल धर्म र सस्कारमा हुर्किएकी हाजेरालाई पनि हिन्दु धर्म र सस्कारको प्रभाव परेको छ । “आर्यनले सिकाए, अहिले दशै र तिहार आउदाँ छुट्टै खुशी लागेर आउँछ ।” हाजेराले भनिन्, “टिका त लाइदैन तर जुन सुकै धर्म माने पनि मानव धर्म मान्छेमा हुनु पर्छ जस्तो लाग्छ ।”

आर्यन केही वर्ष यता देखि भाई बहिनीसँग फोनमा कुरा हुन थालेका बताउछन् । “दाई र भाई बहिनीसँग कुरा हुन्छ तर सन्चो विसन्चो मात्र, एक दिन वावा आमाले बोलाउनुहुन्छ भन्ने आशा छ ।” उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ