श्यामशितल परियार, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–२, परेवाडाँडाका किसानलाई बंगुरको पाठा प्रदान गरिएको छ । सुन्दरबजार नगरपालिका पशु सेवा शाखाले स्थानीय दलित, विपन्न र भुकम्प प्रभावित ३० जना किसानलाई धराने कालो जातको बंगुरको पाठा प्रदान गरेको हो ।
दलित, विपन्न किसानलाई व्यावसायिक बंगुरपालनमा लागी आय–आर्जन बढाई जीवनस्तर उकास्नप्रोत्साहन स्वरुप प्रति किसानलाई एक/एक वटा बंगुरको पाठा वितरण गरिएको सुन्दरबजार नगरपालिका पशु सेवा शाखाका प्रमुख डा.शुलव चौधरीले जानकारी दिए ।
उहाँका अनुसार धरानबाट प्रति बंगुरको पाठा ६ हजार मूल्यमा खरिद गरी ल्याई गाउँमै पुगी किसानलाई निःशुल्क बंगुरको पाठा वितरण गरिएको हो । बंगुरको पाठा पाएका प्राय सबै किसानको बंगुर पाल्ने खोर छ ।
सुन्दरबजार नगरपालिका वडा नं २, परेवाडाँडाका वडाअध्यक्ष जगतबहादुर खड्का, सुन्दरबजार नगरपालिका कार्यपालिका सदस्य शान्ता भुजेल र पशु सेवा शाखा प्रमुख डा. चौधरीले संयुक्त रुपमा किसानलाई बंगुरको पाठा वितरण गरेका हुन् ।
बंगुरको पाठा पाउँदा किसानहरु खुशी भएका छन् । ‘निःशुल्क बंगुरको पाठा पाउँदा खुशी मिलेको छ । अब व्यावसायिक ढंगले बंगुरपालन गरी आम्दानी बढाई जीवनस्तर माथि उकास्न लागिपर्छौँ,’ स्थानीय किसान हिरा कुमालले भनिन् ।
सम्बन्धित खबर
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
लमजुङबाट १०७ वटा भरुवा बन्दुक बरामद
लमजुङमा चार सय मेट्रिक टन सुन्तला उत्पादन
गुरुङ फिल्म ‘पुर्खाको थलो’ मा पत्रकार आश गुरूङको गीत
किशोरीलाई अपहरण गरी भारत लगेको आरोपमा लमजुङमा एकै परिवारका तीन पक्राउ
पत्रकार महासंघ लमजुङको अध्यक्षमा पौडेल, सचिवमा आले
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी