तनहुँ। गण्डकी प्रदेश सरकाको सहयोगमा तनहुँको दमौली अस्पतालले मोबाइल अस्पताल सेवा सञ्चालन गर्ने भएको छ । सेवा सञ्चालनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र दमौली अस्पतालबीच भएको सम्झौताका आधारमा अस्पतालले मोबाइल अस्पताल सेवा सञ्चालन गर्ने भएको हो ।
मोबाइल अस्पताल सेवा सञ्चालनको लागि मन्त्रालयले दमौली अस्पताललाई रु ५० लाख उपलब्ध गराउने भएको छ । उक्त रकम पहिलो चरणमा सुविधा सम्पन्न एम्बुलेन्स, विभिन्न उपकरण खरीद गर्ने र अन्य प्राविधिक क्षेत्रमा खर्च गरिने दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।
गण्डकी प्रदेशले मोबाइल अस्पताल सेवा दमौली अस्पतालसहित स्याङ्जाको वालिङ स्वास्थ्यचौकी र पर्वतको डिमुवा स्वास्थ्यचौकीमा पनि सञ्चालन गर्न लागेको छ । लामो राजमार्ग भएका जिल्लाको केन्द्रमा रहेका अस्पतालमा पहिलो पटक मोबाइल अस्पताल सेवा सञ्चालन गरिन लागिएको हो ।
विशेष गरी राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल घटनास्थलमा नै पुगेर दक्ष चिकित्सकसहितको उपचार सेवा दिन उक्त सेवा सञ्चलान गर्न लागिएको दमौली अस्पताल व्यवस्थापन समितिका सदस्य नरेन्द्र ढकालले बताए ।
तनहुँको मुग्लिनदेखि कास्कीको सिमाना कोत्रेसम्म ७२ किलोमिटर लामो पृथ्वीराजमार्ग रहेको छ । मोबाइल अस्पतालको लागि एम्बुलेन्स खरीद प्रक्रिया शुरु भइसकेको र अब केही दिनमै उक्त सेवा सञ्चालन गरिने ढकालको भनाई छ ।
मोबाइल अस्पताल सेवा सवारी दुर्घटनाको लागि मात्र नभएर अन्य प्राकृतिक विपत्ति र माहामारीजन्य रोगको उपचारको रुपमा पनि प्रयोग गर्न सकिने दमौली अस्पतालले जनाएको छ । सो सेवाको लागि एक जना डाक्टरसहित अन्य सहयोगी चौबीसैँ घण्टा तयारी अवस्थामा रहनेछन् ।
सम्बन्धित खबर
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा
स्याङ्जामा विभिन्न मुद्दाका फरार सात कसुरदार पक्राउ
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
वालिङ्मा `एक विद्यालय एक करेसाबारी´ अभियान
स्याङ्जामा चट्याङ लागेर एकजना घाइते
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार