तनहुँ। गण्डकी प्रदेश सरकाको सहयोगमा तनहुँको दमौली अस्पतालले मोबाइल अस्पताल सेवा सञ्चालन गर्ने भएको छ । सेवा सञ्चालनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र दमौली अस्पतालबीच भएको सम्झौताका आधारमा अस्पतालले मोबाइल अस्पताल सेवा सञ्चालन गर्ने भएको हो ।
मोबाइल अस्पताल सेवा सञ्चालनको लागि मन्त्रालयले दमौली अस्पताललाई रु ५० लाख उपलब्ध गराउने भएको छ । उक्त रकम पहिलो चरणमा सुविधा सम्पन्न एम्बुलेन्स, विभिन्न उपकरण खरीद गर्ने र अन्य प्राविधिक क्षेत्रमा खर्च गरिने दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।
गण्डकी प्रदेशले मोबाइल अस्पताल सेवा दमौली अस्पतालसहित स्याङ्जाको वालिङ स्वास्थ्यचौकी र पर्वतको डिमुवा स्वास्थ्यचौकीमा पनि सञ्चालन गर्न लागेको छ । लामो राजमार्ग भएका जिल्लाको केन्द्रमा रहेका अस्पतालमा पहिलो पटक मोबाइल अस्पताल सेवा सञ्चालन गरिन लागिएको हो ।
विशेष गरी राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल घटनास्थलमा नै पुगेर दक्ष चिकित्सकसहितको उपचार सेवा दिन उक्त सेवा सञ्चलान गर्न लागिएको दमौली अस्पताल व्यवस्थापन समितिका सदस्य नरेन्द्र ढकालले बताए ।
तनहुँको मुग्लिनदेखि कास्कीको सिमाना कोत्रेसम्म ७२ किलोमिटर लामो पृथ्वीराजमार्ग रहेको छ । मोबाइल अस्पतालको लागि एम्बुलेन्स खरीद प्रक्रिया शुरु भइसकेको र अब केही दिनमै उक्त सेवा सञ्चालन गरिने ढकालको भनाई छ ।
मोबाइल अस्पताल सेवा सवारी दुर्घटनाको लागि मात्र नभएर अन्य प्राकृतिक विपत्ति र माहामारीजन्य रोगको उपचारको रुपमा पनि प्रयोग गर्न सकिने दमौली अस्पतालले जनाएको छ । सो सेवाको लागि एक जना डाक्टरसहित अन्य सहयोगी चौबीसैँ घण्टा तयारी अवस्थामा रहनेछन् ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण