पोखरा : पोखरा महानगरपालिकाले बेगनास ताल वरपर बनेका अवैध संरचना हटाउने निर्णय गरेको छ । शनिवार महानगरको टोलीले अनुगमन गरेपछि मापदण्ड विपरीतका बनेका संरचना लाई तत्काल हटाउने निर्णय गरेको हो ।
महानगरलाई मापदण्डको सरोकार नभएको भन्दै मेयर मानबहादुर जिसीले महानगरको स्वीकृती बिनै बनेका संरचना हटाउने बताएका छन् । उनले अनुमतिबिना संरचना बनाउनेलाई तत्काल वडा कार्यालयमा सम्पर्क गर्न निदेर्शन दिएका छन् । ताल किनारमा बनेका कुनै पनि संरचनाको नक्सापास नभएको बताउँदै उनले तुरुन्त काम रोक्न सचेत गराइसकेको र नरोके प्रहरी लगाएर उठाउने बताए ।
प्रदेश सरकार र संघीय सरकारले क्षतिपूर्ति दिए सय मिटर पनि कार्यान्वयन गर्न सकिन्छ। नभए सबै जग्गा अधिग्रहण गर्ने पैसा महानगरसँग छैन, ’ उनी भन्छन्, ‘मापदण्ड व्यवहारिक र वैज्ञानिक बनाउनुपर्छ। तालको स्वरुप पनि नबिग्रिने र स्थानीयलाई पनि मर्का नपर्ने खालको मापदण्ड तयार गर्नुपर्छ। ’
उनले अवैध संरचना रोक्न महानगर निर्मम भएर लाग्ने चेतावनी दिएका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पनि अधिकांश संरचना सार्वजनिक जग्गाभित्रै रहेको बताए। ‘धेरै टहराहरु सार्वजनिक ठाउँमा छन्। आफ्नै जग्गामा पनि अनुमति नलिई बनाएका छन्, ’ उनले भने, ‘सार्वजनिक भए तुरुन्त हटाउने हो। निजी भए पनि स्वीकृति छैन भने तत्कालै हट्छ। निर्माण कार्य भोलिदेखि नै रोकिन्छ। ’ उनका अनुसार सबैजसो संरचना अस्थायी खालको छ। ‘स्थायी संरचना कसैले पनि बनाएको छैन। सबै अस्थायी हो। आवास प्रकृतिको पनि हैन, ’ पौडेल भन्छन्, ‘अहिले नै नहटाए फेवाताल जस्तै अव्यवस्थित हुन्छ। सचेत हुनैपर्छ। ’
वडाध्यक्ष कमलबहादुर थापाले किनारमै जोडिएका घरटहरा केही दिनभित्रै हटाउनुपर्ने बताए। ‘ताललाई आँगन र पिँढी बनाउने टहरा भत्काउन मापदण्ड कुर्नुपदैर्न। तालको बाँध बनाउँदा मुआब्जा बुझेकाहरुले पनि घर बनाएर बसिरहेका छन्, ’ उनी भन्छन्, ‘यो अहिले नै हटाउने हो। अरु चाहीँ डिमाकेर्सन गरेर उपयुक्त मापदण्ड तोक्नुपर्छ। अनावश्यक मापदण्ड लगाएर उठिबास लगाउन पनि मिल्दैन। ’ उनका अनुसार एक दर्जन जति घर टहराहरु तत्कालै हटाउनुपर्ने अवस्थाका छन् ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु