गोरखा । गोरखामा नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाका नेता र प्रहरीबीच तानातान हुँदा विप्लवका जिल्ला सेक्रेटरीसहित प्रहरी जवान घाइते भएका छन् । पालुङटार नगरपालिका–७ खोलाघाटबाट आइतवार साँझ विप्लवका नेता र प्रहरीबीच तानातान हुँदा जिल्ला सेक्रेटरी कपिल भट्टसहित प्रहरी एक जना प्रहरी जवान घाइते भएका हुन् । भट्टको खुट्टा र प्रहरी जवानको हात मर्किएको छ ।
जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्ट पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘उनीहरु दुई जना बसिरहेका रहेछन, शंका लागेर गस्तीमा गएको हाम्रो प्रहरी टोली उनीहरुको नजिक पुग्दा भाग्न खोजे,’ एसपी भोला रावलले भने, ‘समात्ने क्रममा एकछिन तानातान पनि भएछ ।’ उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता हुने प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
अर्जुनचौपारी दरौंखोलामा छाडियो ८० हजार माछाका भुरा
स्याङ्जा पत्रकार महासंघको अध्यक्षमा कोइराला निर्वाचित
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
गण्डकीका डिआइजी दुर्गा सिंहसहित नेपाल प्रहरीका १० डिआइजी सरुवा
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत