पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सिधा हवाई सम्पर्कबाट जोड्ने योजनाको कार्वान्वयन भएको छ । प्रदेश सरकारले ल्याएको योजना कार्वान्वयन भएसँगै बाराको सिमरादेखि कास्कीको पोखरासम्म सिधा हवाई सम्पर्क हुने भएको हो ।
प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सिधा हवाई सम्पर्कबाट जोड्ने योजना अन्तर्गत पहिलो चरणमा पोखरा–सिमरा हवाई सेवा सुरु गर्न लागेको हो । गत पुष महिनामै सरोकारवालाबीच सिमरा–पोखरा हवाई उडानको सम्भावनाबारे भएको निर्णयअनुसार यही महिनाको अन्त्यबाट उडान थालिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रसिद्ध पर्यटकीय नगरी पोखरासँग सिधा सम्पर्क भएपछि भारतीय पर्यटकको आवागमनमा वृद्धि हुने निश्चित ठानेर पर्यटन तथा होटल व्यवसायी अझ बढी उत्साहित बनेका छन् । जसले बाराको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने आँकलन गरिएको छ ।
यस रुटमा यात्रुको अभाव नरहने पनि नागरिक उड्डयन मन्त्रालयको ठहर छ । तत्कालीन पर्यटनमन्त्रीको निधन भएका कारण पनि उडान लम्बिएको हो । नागरिक उड्डयन प्राधिकरणका सिमराका प्रमुख हिराजन काफ्लेले सबै यात्रुको समयको सदुपयोग हुने भन्दै उद्योग व्यापारीहरु रिफ्रेस हुन र भारतीय पर्यटकहरु पोखरा हुँदै मुक्तिनाथसम्मको यात्रा गर्न सक्ने धारणा राख्छन् ।
पोखराबाट सिमरासम्म हवाई रुटको कुनै समस्या नभएको र निजी हवाई कम्पनीहरुले उडानका विषय चासो राख्दै अन्तिम गृहकार्यमा पुगेको जनाईएको छ । पोखरालाई अन्य प्रदेशसँग हवाई सम्पर्क जोड्ने योजना अन्तर्गत सबैभन्दा पहिले सिमरा–पोखरा उडान हुन लागेको हो ।
सम्बन्धित खबर
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
भरुवा बन्दुकसहित एक युवक पक्राउ
कालीगण्डकी राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श माविलाई
गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन अन्त्य
स्याङ्जामा फरार दोषी पक्राउ: १ हजार जरिवाना तिर्न बाँकीदेखि जजकमा संलग्नसम्म
पुतलीबजार आलुमा आत्मनिर्भर बन्दै, ७१ हजार किलो बीउ वितरण
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट