पोखरा । पोखरा महानगरपालिकाले बजारमा टाँसिएका होर्डिङ बोर्ड हटाउन थालेपछि परिचय एड्भर्टाइजका सोभित बस्यालसमेतल उच्च अदालत पोखरामा दायर गरेको रिटखारेज भएको छ । महानगरले गत चैत ५ गते परम्परागत होर्डिङ बोर्ड हटाएर डिजिटल बोर्ड राख्न गरेको निर्णय विरुद्ध गत चैत १२ गते दायर गरिएको रिट खारेज गरिएको हो ।
आदालतमा महानगरको निर्णय बिरुद्ध परेको रिट खारेज भएसँगै अब महानगरलाई पुन बजारमा अस्तव्यस्त देखिने गरी टाँगिएका होर्डिङ बोर्ड हटाउन बाटो खुलेको छ । अदालतमा रिट दायर भएपछि गत चैत १३ गते न्यायाधीश रामचन्द्र यादवको एकल इजलाशबाट विपक्षीका नाममा कारण देखाउसहित अन्तरिम आदेश भएपछि महानगरले होर्डिङ बोर्ड हटाउने काम रोकेको थियो ।
आइतबार न्यायाधीश विनोद शर्मा र नरबहादुर शाहीको संयुक्त इजलाशले उक्त रिट खारेज गरिदिएको हो । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताद्वय दामोदर अधिकारी र स्वागत नेपालले बहस गरेका थिए भने महानगरको तर्फबाट वरिष्ठ कानुन अधिकृत नारायण शर्मा र अधिवक्त कमल अर्यालले बहस गरेका थिए ।
अदालतले रिटमा उल्लेख भए अनुसार महानगरले उद्योग धन्दा व्यवसाय गर्ने हक नखोसेको भन्दै रिट खारेज गरिदिएको हो ।महानगरले सार्वजनिक ठाउँमा टाँसिएका होर्डिङबोर्ड हटाउन सुरु गरेको थियो । सार्वजनिक निजी साझेदारीमा डिजिटल होर्डिङ बोर्ड राख्न महानगरले टेन्डर आह्वान गरिसकेको छ ।
सम्बन्धित खबर
बागलुङका पूराना वामपन्थी नेता, पूर्वराज्यमन्त्री शर्माको निधन
गण्डकीको हिउँदे अधिवेशन माघ २१ गते, प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने
गण्डकीका स्वास्थ्य सचिव विनोद विन्दु शर्माको सरुवा, डा. बगालेको पदस्थापन
रवि लामिछानेसहितलाई धरौटीमा छाड्नुको आधार र कारण माग्याे उच्चले
चापाकोटमा आगलागी, लाखौंको क्षति
गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी