आजसम्म फेवाताल संरक्षण गर्ने कोही जन्मेको छैन, सिमसार पुर्ने काम उल्टो भयो : मुख्यन्त्री गुरुङ

आजसम्म फेवाताल संरक्षण गर्ने कोही जन्मेको छैन, सिमसार पुर्ने काम उल्टो भयो : मुख्यन्त्री गुरुङ

pokhara-fewa-taal

पोखरा । आजसम्म फेवातालको संरक्षण गर्ने कोहि नजन्मिएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तालको मापदण्ड कायम गरेर नयाँ संरचना निर्माणको काम प्रदेश सरकारले गर्ने बताएका छन् । सोमबार फेवातालका पुरिएको सिमसार क्षेत्रको अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले तालको माटो झिकेर सीमसार क्षेत्र पुर्न उल्टो काम भएको प्रस्टाए ।

‘आजसम्म फेवाताल संरक्षण गर्ने कुनै कोही जन्मेको छैन, संरक्षण गर्ने भन्दै तालको माटो झिकेर सीमसार क्षेत्र पुर्ने काम उल्टो काम भयो’ उनले भने, ‘सर्वोच्चको आदेश पालना गर्दै फेवाताल संरक्षण, फेवातालको मापदण्ड कायम गरेर नयाँ संरचना निर्माणको काम प्रदेश सरकारले गर्छ ।’

महानगरले तालको माटो झिकेर बिक्री गर्न निजी कम्पनीलाई माटो झिक्ने जिम्मा दिएको थियो । उक्त कम्पनीले झिकेको माटाले सीमसार क्षेत्र पुरेपछि यसको विरोध हुँदै आएको छ ।  पोखरा फेवाताल बेचेरै बाँचिरहने बताउँदै मुख्यमन्त्री गुरुङले फेवाताल अतिक्रमण नगर्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds