कास्कीमा दैनिक ३० लाख रुपैँयाको दुध आयत  

कास्कीमा दैनिक ३० लाख रुपैँयाको दुध आयत  

which-milk

पोखरा । कास्कीमा दैनिक ३० लाख मूल्य बराबरको दुध बाह्य जिल्लाबाट आयत हुने गरेको पाईएको छ । सरकारले कृषि चता व्यबसायिक पशुपालनमा बार्षिक करोडौँ बजेट खर्च गरेपनि त्यसको उचित प्रतिफल आउन नसक्दा कास्की जिल्लामा दैनिक ३० लाख भन्दा बढि मूल्यको दुध आयत हुने गरेको हो ।

वार्षिक ७५ हजार १९८ मेट्रिकटन दूध उत्पादन हुने कास्की दूधमा आत्मनिर्भर बन्न नसक्दा दैनिक करिब २५ लिटर दुध आयत गर्नुपर्ने देखिन्छ । पोखरामा दैनिक दुधको माग बढ्दै गएको सरोकारवालाहरु बताउँछन् ।

कास्कीमा अधिकतम स्याङ्जाबाट दुध आयत हुने गर्छ भने  नवलपरासी , रुपन्देही तथा अन्य जिल्लाहरुबाट पनि दुध आयत गर्ने गरिन्छ । कास्की जिल्लामा हाल  ३०९ गाईका फार्म र ३८३ भैंसीका फार्म दर्ता भएका छन् भने २५ वटा दूध उत्पादक सहकारी संस्था स्थापना भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ