पोखरा । आगामि बैशाख २९ गते परेको २५६३ औं बुद्ध जयन्तीको अवसरमा पोखरामा सप्ताह व्यापी कार्यक्रम हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी बुद्ध जयन्तीको अवसरमा सप्ताह व्यापी कार्यक्रम गरिने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
उनका अनुसार शितलवनमा निर्माण भएको पेमा धेछेनलिब गुम्बाबाट शुरु गरिने छ । कार्यक्रम सुरु भएको दिन गुम्बामा बुद्ध वचन, विश्व शान्ती र प्रज्ञा परमिता बुंम छ्योइ धर्मशास्त्रको दर्शन वाब अभिषेक हुनेछ ।
कार्यक्रमको व्यबस्थापनका लागि सोही समाजका सदस्य शेरबहादुर तामाङको संयोजकत्वमा उपसमितीहरु गठन गरिएको छ । जस अन्तर्गत पुजा व्यवस्थापन उपसमितीमा जीवन लामा र पद्मे लामालाई तोकिएको छ । कार्यक्रममा लामा गुरुहरुद्धारा विश्वशान्तीको पुजा तथा बुद्ध बन्दना हुनेछ ।
बुद्ध प्रतिमालाई जल स्नान, पुष्प चढाइ दर्शन, ध्यान, दिप प्रज्ववलन लगायतको कार्यक्रम समावेश गरिएको छ । सप्ताहव्यापी कार्यक्रमको अघिल्लो दिन अम्बोटबाट बुद्ध प्रतिमाको परिक्रमा गरि सोही गुम्वामा पुजाअर्चना गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए । सोही दिन युवा बौद्ध संघकोआयोजनामा वालमन्दिर स्कुल नदिपुरमा स्वास्थ्य शिविर हुनेछ ।
बैशाख ३० गते धर्म देशना, भोजन तथा प्राणदान, ३१ गते प्रभातफेरी, गणचक्र पुजा लगायतका कार्यक्रम हुने मुल आयोजक समिती संयोजक नरेन्द्र लालचनले जानकारी दिए । जेठ १ गते धर्मदेशना, प्रवचन समारोहका साथ विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ ।
जेठ २ गते भिक्षु सुभद्रको स्मृतिसभा, सरसफाइ जेठ ३ गते भोजन दान कार्यक्रम तय गरिएको छ । जेठ ४ गते शान्ती र्याली, दीप यात्रा, ज्ञानमाला भजनसंगै धर्मशिला बुद्ध विहार भवन निर्माणको शिलान्यास तथा मुल समारोहका कार्यक्रम हुनेछ ।
सम्बन्धित खबर
पोखरामा मनाइयो राष्ट्रिय कर दिवस, उत्कृष्ट करदाता सम्मानित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट