पोखरा । सरकारले बन्द गरिदिएको पोखरा महानगरपालिका वडा नं १८ सराङकोट सिमतालमा अबस्थित सरस्वती प्राथमिक विद्यालय हाल नमूना विद्यालय बन्दै गएको छ । विद्यार्थी संङ्ख्या कम भएको भन्दै २०७२ सालमा सरकारले बन्द गरिदिएपछि स्थानीय युवाहरुको सक्रियतमा पुन सञ्चालनमा आएको उक्त विद्यालय हाल नमूना विद्यालयको रुपमा स्थापित हुँदै गएको हो ।
बिगत २६ बर्षदेखि सञ्चानलमा आएको उक्त विद्यालय २०७२ सालमा सरकारले एक्कासी बन्द गरिदिएपछि त्यहाँ अध्ययनरत बालबालिकाहरु निजी विद्यालयमा पढ्न थालेका थिए ।विद्यालय बन्द भएको दुईबर्ष पछि स्थानीय सराङकोट समाज सेवा युवा क्लबको सक्रियतामा विद्यालय पुन संचालनमा ल्याइएको हो ।
गुणस्तरीय जीवन नेपाल नामक संस्थाले सहयोग गरेपछि विद्यालयले पुर्न्जिवन पाएको सराङकोट समाज सेवा युवा क्लबका अध्यक्ष विष्णु थापाको भनाई छ । अहिले यो विद्यालय त्यस क्षेत्रकै नमूना विद्यालयको रुपमा परिणत भएपछि नीजि स्कूल छाडेर विधार्थीहरु यस विद्यालयमा भर्ना हुने क्रम बढ्दै गएको उनले बताए ।
युवाहरुको सक्रियता विद्यालय पुन संचालनमा आएपछि सरकारले एक शिक्षक समेत उपलब्ध गराएको छ । अहिले विद्यालयमा ३० भन्दा बढी विद्यार्र्थी रहेका छन् भने तीन जना शिक्षक शिक्षिका छन् । गुणस्तरीय जीवन नेपाल र युवा क्लबको सहयोगमा सराङकोट क्षेत्रमा पाकिङ बाट उठेको रकमबाट क्लबले विद्यालय संचालन गर्दे आएको जनाएको छ । अंग्रेजी माध्यमबाट पढाई सुरु गरेको र विद्यालयमा नै खाजाको व्यवस्था समेत गरिएकाले पनि नयाँ विधार्थी आउनेक्रम बढेको प्रधानध्यापक नारायण तिमिल्सिनाले बताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो