बागलुङमा चट्याङ लागेर ३८ वर्षीया पूर्णाको मृत्यु

बागलुङमा चट्याङ लागेर ३८ वर्षीया पूर्णाको मृत्यु

death body

बागलुङ : जिल्लाको गल्कोट नगरपालिका ११ रिघा, तुतुङ्गामा मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी सोही ठाउँकी ३८ वर्षीया पूर्णा श्रीसको चट्याङ लागेर मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय हरिचौरले लगेको छ। सोही स्थानमा गतवर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए। बागलुङमा मंगलबार दिउँसोदेखि नै अविरल वर्षासँगै चट्याङ परेको थियो। हावा हुरीसहित परेको वर्षाका कारण कयौं नागरिक प्रभावित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ