लागुऔषध किन्न गएका प्रहरीसँग १० हजार रुपैँया मागेर एक जना फरार !

लागुऔषध किन्न गएका प्रहरीसँग १० हजार रुपैँया मागेर एक जना फरार !

बाग्लुङ । साधा पोशाकमा लागुऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गर्ने उदेश्यले नक्कली लागुऔषध प्रयोगकर्ता बनेका प्रहरीहरु आफै ठगिएका छन् । बाग्लुङमा लागुऔषधको प्रयोग भइरहेको जानकारी पाएपछि ओसारपसारमा संलग्नलाई नियन्त्रण गर्न गएका प्रहरीहरु आफै ठगिएका हुन् ।

नक्कली लागुऔषध प्रयोगकर्ता बनेर गएका प्रहरीलाई ओसारपसारमा संलग्न एक व्यक्तिले १० हजार ५०० रुपैँया ठगेर बेपत्ता भएका हुन् । पर्वतको मालढुङ्गामा लागुऔषध खरीदका लागि पुगेका प्रहरीसँग रकम लिएर लागुऔषध लिन भन्दै हिँडेका कुमार भनेर चिनिने एक व्यक्ति बीचैबाट फरार भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

‘पहिले पैसा लिएर लागुऔषध दिने उनीहरुको सिस्टम हुँदोरहेछ, हामीले सोहीअनुसार रङ्गेहात पक्राउ गर्ने प्रयास गर्यौं’, उनले भने ‘तर बिक्री गर्ने व्यक्ति पैसा लिएर फरार भयो ।’ जिल्ला र आसपासका क्षेत्रमा उक्त व्यक्ति नरहेको र खोजी भइरहेको शर्माले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds