पोखरामा कोठा भाडामा लिएर जुवा अड्‌डा, ४ महिलासहित ६ जना पक्राउ

पोखरामा कोठा भाडामा लिएर जुवा अड्‌डा, ४ महिलासहित ६ जना पक्राउ

tass

पोखरा । पोखरामा कोठा भाडामा लिई जुवा खेलाउने एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा कोठा भाडामा लिई जुवा खेलाउने मुना गुरुङसहित ६ जना पक्राउ परेका हुन् ।

कोठामा जुवा खेलाई रहेकी ३६ वर्षीया गुरुङसहित ३७ वर्षीया प्रेमकुमारी गुरुङ, ३५ वर्षीया मिना पुन, ४० वर्षीया संगीता गुरुङ, ५७ वर्षीय पूर्णबहादुर गुरुङ, ३९ वर्षीय ठाकुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुबाट १ लाख ५२ हजार ५ सय २५ रुपैयाँ नगदसहित ३ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।उनीहरुलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ