किरण श्रेष्ठ, तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौली र कान्तिपुरले तनहुँको भानु नगरपालिका-१३ मा रहेको नेपाल इस्लामिक हनफिया मदरसा प्राविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शनिबार क्लबले एक कार्यक्रम गरी उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको क्लबका प्रोफेसनल सर्भिस डिरेक्टर विशाल श्रेष्ठले जानकारी दिएका छन् ।
रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ कान्तिपुर ट्विन क्लब समेत हुन । दुई वटा क्लब मिलेर हरेक वर्ष संयुक्त कार्यक्रम गर्दै आइरहेका छ्न । श्रेष्ठका अनुसार क्लबले विद्यार्थीहरुलाई झोला, छालाको जुत्ता, मोझा, कापि, कलम, र स्कुल ड्रेस गरी करिब ६५ हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको छ ।
उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रमका लागि नेपाल महिला चेम्बर काठमाडौ जमलले विशेष सहयोग गरेको उनले बताए । मुस्लिम समुदायको कमजोर आर्थिक अवस्था भएको परिवारको बालबालिका पढ्ने र शैक्षिक सामाग्रीको आवस्यकता देखिएकोले उक्त मदर्सामा शैक्षिक सामाग्री वितरण गरिएको क्लबले जनाएको छ ।
रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ र रोट्रयाक्ट क्लब अफ कान्तिपुरकी पुर्वअध्यक्ष श्रृष्टि त्रिपाठिको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि भानु १३ का वडाअध्यक्ष राम बहादुर बानियाँ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक क्लबका प्रोफेसनल सर्भिस डिरेक्टर विशाल श्रेष्ठ र आगामी वर्षका अध्यक्ष मनोज राउत रहेका थिए भने कार्यक्रमको संचालन क्लबका कोषाध्यक्ष राज कुमार श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’