पोखरा । रोजगारीका लागि दोहा कतारमा पुगेका कास्कीको अन्नपूर्ण गाउँपालिकाका नागरिकहरुले कतारमा गठन गरेका अन्नपुर्ण बचत समूहको प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेका छन् । २०७५ साल बैशाखमा गठन भएको उक्त समूहको गत शुक्रबार (जेठ ३ गते) प्रथम साधरण सभा सम्पन्न गरेको प्रभु गुरुङले जानकारी दिए ।
गत शुक्रबार भएको साधरण सभामा समूहका कोषाध्यक्ष गणेश जिसीले पेस गरेको आर्थिक प्रतिवेदन सम्पूर्ण सदस्यहरुले ताली बजाएर समर्थन जनाएका थिए । अन्नपुर्ण बचत समुहका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्याक्ष देवकोटा, सहसचिब प्रभु गुरुङ, कोषाध्यक्ष गणेश जिसी, सह-कोषाध्यक्ष टंक प्रसाद देवकोटा, लेखा समिति संयोजक गणेश देवकोटा, ऋण प्रवाह समिति संयोजक मधुसुधन देवकोटा लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै सदस्यहरु गणेश बिक, गबर गुरुङ, भरत देवकोटा, भिम बहादुर जिसी, रमेश बिक, महदत्त लामिछाने, शुसिल देवकोटा, इन्द्र बहादुर खत्री, मोहन देवकोटा, कृष्ण प्रसाद देवकोटा, प्रेम बहादुर गुरुङ लगायतको उपस्थिथि थियो ।
समुहका सचिब अग्निधर देवकोटले सञ्चाल गरेको उक्त कार्यक्रममा बिशेष कारण समुहबाट बाहिरिएका सदस्य हिम बहादुर गुरुङ र गोबिन्द नेपालीलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ