पोखरा । लायन्स क्लब अफ पोखराको ४ समूहले संयुक्त रुपमा विन्ध्यवासिनी मन्दिरको हाताभित्र अपांगमैत्रीसहितको शौचालय निर्माण गरेको छ । लायन्स क्लब अफ पोखरा समृद्धि, समर्पण, लेकसाइड र स्वर्णिम सिटीले संयुक्त लगानी गरी मन्दिरको हाताभित्र शौचालय निर्माण गरेको हो ।
कुल ६ लाख ७५ हजार रुपैँया लागतमा निर्माण गरिएको शौचालयको चावी लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर अशोक कुमार श्रेष्ठले सोमबार एक कार्यक्रम गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई हस्तान्त्रण गरेको समृद्धि लायन्सकी अध्यक्ष कुश्मा राणाले बताईन् ।
उक्त अवसरमा गभर्नर श्रेष्ठले मानिसले दान गरेर कहिल्यै नसकिने भन्दै सबैले आ—आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘मानिसले केही लिएर नआएको र लिएर जाने पनि केही छैन । त्यसैले जतिसक्दो धेरै सहयोग गर्नुपर्छ ।’ सबैले सबैलाई दिएर बाँच्ने नीति अवलम्वन गर्नुपर्ने उनले बताए ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ शौचालय निर्माण गरिदिने लायन्स क्लबहरू प्रति आभार व्यक्त गरेका थिए । उनले सबैको साथ र सहयोग लिएर विन्ध्यवासिनी मन्दिरलाई नेपालकै नमूना बनाउने प्रयत्न गरेको बताए ।
लायन्सका मूल्यांकन कमिटीका संयोजक तीर्थलाल श्रेष्ठले लायन्सको निःस्वार्थ भाव शौचालय निर्माणले पनि झल्काएको धारणा राखे । रिजन चियर पर्सन जगन्नाथ तिमिल्सिनाले लायन्स विश्वकै उत्कृष्ट सामाजिक संस्था भएको बताए ।
समृद्धि लायन्सकी अध्यक्ष कुश्मा राणाको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन विन्दु श्रेष्ठले स्वागत, लायन्स क्लब अफ लेकसाइडका अध्यक्ष बलराम पहारीले धन्यवाद ज्ञापन र लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीका अध्यक्ष गोविन्द देवकोटाले सञ्चालन गरेका थिए । उक्त अवसरमा शौचालय निर्माणमा महत्वपूर्ण भूमिका खल्ने ई. सुजित विजुक्छेलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने