पोखरा । पोखरा १८ को खपौंदीदेखि पदेलीहुँदै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काम सुरु भएको छ । पहाडी भूभागलाई महानगरको केन्द्रसँग जोड्नका लागि पोखरा महानगरपालिकाले उक्त सडकलाई कनेक्टिङ सडकमा राखेर काम अगाडि बढाएको हो ।
सडकको काम धमाधम भइरहेको पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए । उनका अनुसार २ किमी सडकलाई नालासहित ८ मिटर फराकिलो बनाइने छ । सडकको १ हजार १ सय ३५ मिटरसम्म ग्राबेलिङ गरिने पोखरा १८ का सब इन्जिनियर प्रशान्त बरालले जानकारी दिए । बरालका अनुसार ३० प्रतिशत काम सकिएको छ । सडकमा १ सय १५ मिटर नाला निर्माण गरिने छ ।
सडकको ६ ठाउँमा गरी ४ सय ४० घनमिटर ग्याबियन भर्नुका साथै पाँच ठाउँमा पाइप कल्र्भट, २ ठाउँमा सिँचाइका पाइप राखिने महानगरको सहरी पूर्वाधार महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सडकको २ ठाउँमा रिटेनिङ वाल पनि निर्माण गरिने छ । महानगरले उक्त काम गर्न १ करोड ५० लाखको टेन्डर गरेकामा देभचुली लोयल जेभीले ९८ लाख ९६ हजारमा काम सक्ने गरी महानगरसँग सम्झौता गरेको छ ।
गत चैत ११ गते भएको सम्झौता अनुसार निर्माण कम्पनीले आगामी भदौसम्ममा उक्त काम सक्ने समयसिमा तोकिएको छ । ग्रामीण भूभागलाई केन्द्रसम्म जोड्नका लागि महानगरपालिकाले कनेक्टिङ सडकलाई प्राथमिकतामा राखेको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।
पोखरा २३ मा पर्ने ठूलाखेत हर्पनहुँदै चैनपुर पञ्चासे सडकलाई पनि फराकिलो पार्ने काम सुरु भएको छ । पोखरा २३ का वडाध्यक्ष विष्णु पराजुलीका अनुसार सडक खण्डको साढे २ किमी सडकलाई फराकिलो बनाइने छ ।
नालासहित ८ मिटर चौडाइको सडकमा ४० मिटर नाला निर्माण गरिने छ । सडकको २ ठाउँमा गरी १ सय ३५ घनमिटर ग्याबिनय भरिने छ । महानगरले उक्त काम गर्नका लागि ५० लाखमा टेन्डर आह्वान गरेकोमा केडी कस्ट्रक्सनले ३० लाख २९ हजारमा काम सक्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार तोकिएको काम आगामी भदौसम्ममा काम सम्पन्न हुनुपर्नेछ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु