काठमाडौं, ९ जेठ । इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले वडा सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् । सीएफएल बल्ब खरिदमा भ्रष्टाचार गरेको भन्दै मेयर चौधरीले वडा नं १९ का सचिव मनोज दाहाललाई कुटपिट गरेका हुन् ।
वडासचिव दाहालका अनुसार उनी कार्यकक्षमा पुग्नासाथ मेयर चौधरीले कर्मचारीलाई सीसी क्यामरा बन्द गर्न लगाएका थिए । ‘त्यसपछि मलाई कुटपिट गर्नुभयो,’ वडासचिव दाहालले भने, ‘मेरो मोबाइलसमेत खोसिदिनुभयो । भागेर ज्यान जोगाएँ ।’ कुटपिटबाट दाहालको आँखामा चोट लागेको छ ।
उपमहानगरले डेढ वर्षअघि खरिद गरेको सीएफएल बल्बमा २० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । सीएफएल खरिदका बेला जिन्सी शाखामा दाहाल प्रमुख थिए । कार्यकक्षमा वडा सचिवलाई दुर्व्यवहार गरेको भन्दै उपमहानगरका कर्मचारीहरूले कार्यालय परिसरमा नाराबाजी गरेका थिए ।
उनीहरू कुटपिटविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिने तयारीमा छन् । ‘इटहरी उपमहानगरपालिकाका कर्मचारीहरू जाहेरी लिनुपर्यो भन्दै आउनुभएको थियो । प्रक्रियाअनुसार आए जाहेरी लिन्छौं,’ डीएसपी समीरचन्द्र खरेलले भने ।
दुर्व्यवहार भएको विरोधमा कर्मचारीले इटहरी उपमहानगरपालिका कार्यालय र २० वटै वडा अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् । बिहीबार उपमहानगरपालिकामा भेला भएर धर्ना दिने उनीहरूले बताएका छन् ।
कर्मचारी कुटपिटको विषयमा मेयरको प्रतिक्रिया लिन पुगेका पत्रकार विकल रेग्मी र कृष्ण भट्टराईमाथि समेत मेयरले दुर्व्यवहार गरेका छन् । पत्रकारमाथि दुर्व्यहारप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले विज्ञप्ति जारी गर्दै निन्दा गरेको छ । आजको कान्तिपुरमा खबर छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु