एजेन्सी । भारतमा भइरहेको १७ औं लोकसभा निर्वाचनको आज भइरहेको मतगणनाको प्रारम्भिक गणनाले सत्तारुढ भारतीय जनता पार्टी एक्लैले बहुमत ल्याउने अवस्था देखिएको एनडीटिभीले जनाएको छ । केहीबेर अघि सम्मको मतगणनामा भाजपा नेतृत्वको गठबन्धन ३२८ सिटमा अघि देखिएको छ भने विपक्षी कंग्रेस आइ ११२ सिटमा अगाडि देखिएको छ । त्यसैगरी निर्दलीय उम्मेदवार १०२ सिटमा अगाडि रहेको जनाइएको छ ।
भाजपाका उम्मेदवार प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीमा आफ्ना प्रतिद्वन्दी भन्दा निकै अघि देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उता कांग्रेस अध्यक्ष राहुल गान्धी आफ्नो पुरानो निर्वाचन क्षेत्र अमेठीमा संघीय मन्त्री स्मृति इरानीसँग पछि परेका छन् भने अर्को निर्वाचन क्षेत्रमा भने राहुल नै अघि रहेको बताइएको छ ।
लोकसभा चुनावको परिणाम आउनुअघि नै भारतीय जनता पार्टीले जीतको उत्सव मनाउन थालिसकेको छ । दिल्ली भाजपाले सात किलोको लड्डु केक अर्डर गरेको छ । परिणाम घोषणा भएपछि यो केक काटिनेछ । यसबाहेक पनि पाँच किलोका ९ केक भाजपा केन्द्रीय कार्यालयमा काट्नका लागि अर्डर गरिएको छ । यो तयारीबाट भाजपा चुनावमा जीत हुने कुरामा ढुक्क रहेको देखाउँछ ।
दिल्लीमा लोकसभाका सात सीट छन् र अघिल्लो चुनावमा भाजपाले सबैमा जीत हासिल गरेको थियो । यसपालि चाहिँ दिल्लीमा त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ किनकि भाजपा र कांग्रेस बाहेक सत्तारूढ आम आदमी पार्टीले पनि चुनावमा निकै जोड दिएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु