विप्लव समूहले गरेको वम विस्फोटमा परि ४ जनाको मृत्यु

विप्लव समूहले गरेको वम विस्फोटमा परि ४ जनाको मृत्यु

biplop bhoom kanda

काठमाण्डौं : राजधानीका दुई छुट्टा छुट्टै स्थानमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गराएको विस्फोटमा ४ जनाको मृत्यु भएको छ । ‘घटना विप्लव समूहले गराएकोजस्तो देखिएको छ’, काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले भने, ‘घटनास्थलबाट विप्लव समूहका पर्चा भेटिएका छन् । घट्टेकुलोमा घाइते हुने एक जना विप्लव समूहका विद्यार्थी भएको पाइएको छ ।’

सुकेधारा र घट्टेकुलोमा लगभग एकै समय करिब ४ः३० बजे घटना भएको हो । सुकेधारास्थित एक सैलुनको भान्सामा विस्फोट गराइएको हो । त्यहाँ दुई जनाले ज्यान गुमाएका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जकाअनुसार उनीहरुको सनाखत हुन सकेको छ । ज्यान गुमाउनेहरुको शरीरका अंग यत्रतत्र छरिएको अवस्थामा भेटिएको थियो ।

टाउको फुटेर भित्री भाग देखिएको अवस्थामा प्रहरीले मानव अंग संकलन गरेको छ। अर्का एक जनाको ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सुकेधारा विस्फोटमा १ जनाको घटनास्थलमा, अर्को १ जनाको अस्पतालमा मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । यता घट्टेकुलो विस्फोटमा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन। तीन जना घाइते छन्, उनीहरुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । घाइतेमध्ये एक जना नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका नेता भएको खुलेको छ ।

उनी विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल क्रानितकारीका त्रिचन्द्र कलेज इकाइ अध्यक्ष हुन्। महानगरीय प्रहरी प्रभाग सिंहदरबारका अनुसार उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनामा विप्लव नेतृत्वको पार्टीले गराएको निष्कर्षमा प्रहरी पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds