काठमाण्डौं : राजधानीका दुई छुट्टा छुट्टै स्थानमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गराएको विस्फोटमा ४ जनाको मृत्यु भएको छ । ‘घटना विप्लव समूहले गराएकोजस्तो देखिएको छ’, काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले भने, ‘घटनास्थलबाट विप्लव समूहका पर्चा भेटिएका छन् । घट्टेकुलोमा घाइते हुने एक जना विप्लव समूहका विद्यार्थी भएको पाइएको छ ।’
सुकेधारा र घट्टेकुलोमा लगभग एकै समय करिब ४ः३० बजे घटना भएको हो । सुकेधारास्थित एक सैलुनको भान्सामा विस्फोट गराइएको हो । त्यहाँ दुई जनाले ज्यान गुमाएका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जकाअनुसार उनीहरुको सनाखत हुन सकेको छ । ज्यान गुमाउनेहरुको शरीरका अंग यत्रतत्र छरिएको अवस्थामा भेटिएको थियो ।
टाउको फुटेर भित्री भाग देखिएको अवस्थामा प्रहरीले मानव अंग संकलन गरेको छ। अर्का एक जनाको ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सुकेधारा विस्फोटमा १ जनाको घटनास्थलमा, अर्को १ जनाको अस्पतालमा मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । यता घट्टेकुलो विस्फोटमा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन। तीन जना घाइते छन्, उनीहरुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । घाइतेमध्ये एक जना नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका नेता भएको खुलेको छ ।
उनी विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल क्रानितकारीका त्रिचन्द्र कलेज इकाइ अध्यक्ष हुन्। महानगरीय प्रहरी प्रभाग सिंहदरबारका अनुसार उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनामा विप्लव नेतृत्वको पार्टीले गराएको निष्कर्षमा प्रहरी पुगेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु