पोखरा । नेपाल पत्रकार महासङ्ग गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेल थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित भएका छन् । पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक थमन परियार तथा अर्का सञ्चारकर्मी महेश पहारीको स्मृतिमा तत्कालीन क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको पुरस्कारबाट यसबर्ष पौडेल सम्मानित भएका हुन् ।
पत्रकार पौडेललाई नगद २५ हजार रुपैँया, ताम्रपत्र तथा दोसल्लासहितको पुरस्कारले सम्मान गरिएको छ ।
विसं २०५७ सालमा स्वाभिमान साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका पौडेल विसं २०५९ सालदेखी पोखरा हटलाईन दैनिकको संवाददाता हुँदै हाल सम्पादक छन् । उनले रेडीयो अन्नपूर्ण, नेपाल टेलिभिजन, युगप्रवाह साप्ताहिकमा पनि काम गरिसकेका छन् ।
क्रान्तिकारी पत्रकार संघको संस्थापक उपाध्यक्ष रहेका पौडेल जनयुद्धकाल देखीनै जनपक्षिय पत्रकारिता क्रियाशिल थिए । पत्रकार महासंघ कास्की शाखाको दुई कार्यकाल सचिव भएर महासंघको भवन निर्माणमा उल्लेखनीय योगदान गरेका पौडेल उपाध्यक्षमा निर्वाचित भएको केही महिनापछि पत्रकार महासंघ गण्डकीको अध्यक्षमा निर्वाचित भएका थिए ।
तत्कालीन क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको उक्त पुरस्कार प्रेस सेन्टर कास्कीले सञ्चालन गर्दै आएको थियो । तर, अवबाट प्रेस सङ्गठन नेपाल कास्कीले सञ्चालन गर्ने भएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ