पोखरा । नेपाल पत्रकार महासङ्ग गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेल थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित भएका छन् । पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक थमन परियार तथा अर्का सञ्चारकर्मी महेश पहारीको स्मृतिमा तत्कालीन क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको पुरस्कारबाट यसबर्ष पौडेल सम्मानित भएका हुन् ।
पत्रकार पौडेललाई नगद २५ हजार रुपैँया, ताम्रपत्र तथा दोसल्लासहितको पुरस्कारले सम्मान गरिएको छ ।
विसं २०५७ सालमा स्वाभिमान साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका पौडेल विसं २०५९ सालदेखी पोखरा हटलाईन दैनिकको संवाददाता हुँदै हाल सम्पादक छन् । उनले रेडीयो अन्नपूर्ण, नेपाल टेलिभिजन, युगप्रवाह साप्ताहिकमा पनि काम गरिसकेका छन् ।
क्रान्तिकारी पत्रकार संघको संस्थापक उपाध्यक्ष रहेका पौडेल जनयुद्धकाल देखीनै जनपक्षिय पत्रकारिता क्रियाशिल थिए । पत्रकार महासंघ कास्की शाखाको दुई कार्यकाल सचिव भएर महासंघको भवन निर्माणमा उल्लेखनीय योगदान गरेका पौडेल उपाध्यक्षमा निर्वाचित भएको केही महिनापछि पत्रकार महासंघ गण्डकीको अध्यक्षमा निर्वाचित भएका थिए ।
तत्कालीन क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको उक्त पुरस्कार प्रेस सेन्टर कास्कीले सञ्चालन गर्दै आएको थियो । तर, अवबाट प्रेस सङ्गठन नेपाल कास्कीले सञ्चालन गर्ने भएको छ ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’