पोखरामा आज : दुई घण्टामा ५५ मिलीमिटर पानी, वर्षकै सबैभन्दा बढी हावाको गति

पोखरामा आज : दुई घण्टामा ५५ मिलीमिटर पानी, वर्षकै सबैभन्दा बढी हावाको गति

weather

पोखरा । पोखामा आज करिब साँढे तीन बजेदेखि हावाहुरीसहित करिब २ घण्टामा ५५ मिलीमिटर पानी वर्षा भएको छ । क्षेत्रीय हावापानी कार्यालय पोखराका नायव मौसम विज्ञान सहायक सुरेश खनालको अनुसार आज आएको हावाहुरीको गति यो वर्षकै सबैभन्दा बढी देखिएको छ । पानीसगैँ प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा चलेको थियो ।

उनले प्रि–मनसुन सहित स्थानीय प्रभावका कारण पनि पोखरामा छोटो समयमै अत्यधिक वर्षा भएको बताए । कास्कीको लुम्ले नेपालमै सबैभन्दा बढी वर्षा हुने स्थलको रुपमा परिचित छ । सामान्यतया नेपालमा हरेक वर्ष जुन १० देखि मनसुन सुरु भई ३ महिनापछि २३ सेप्टेम्बर सम्म पश्चिमबाट बाहिरिने गर्छ । यसरी हेर्दा मनसुन सुरु हुन अझै १४ दिन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ