गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । सोमबार दिउँसो करिब साँढे तीन बजेदेखि हावाहुरीसहित परेको पानीका कारण सडकमा भल बगेको मौका छोपी जथाभावी फोहोर फालेकालाई पोखरा महानगरपालिकाले कारवाही गर्ने भएको छ । पानी परेको बेला घरको कौसीबाट सडकमा फोहर फाल्नेलाई कारबाही गर्न भन्दै टेलिफोन मार्फत उजुरी परेपछि महानगरपालिकाले कारवाही गर्ने जनाएको नागरिक अभियन्ता रामबहादुर पौडेलले फेसबुकमा लेखेका छन् ।
पौडेलले लेखेका छन्, ‘कान्तिपुर पब्लिकेशनका समाचारदाताले खिचेको भिडियोका आधारमा फोहोर फाल्ने घरको पहिचान गरिसकेकाले आवश्यक कारबाहीका लागि प्रक्रिया पु¥याएर महानगरपालिकामा उपस्थित गराई जरिवाना लगाइने व्यहोरा सरसफाइ शाखाका प्रमुख कल्पना बराल मार्फत जानकारी प्राप्त भएको छ।’
पौडेलको पोष्टमा लेखनाथ पौडेलले कमेन्ट फर्काए, ‘को हो त्यो फोहर फाल्ने ? के कारबाही भो ? भोलिको समाचारमा हेर्न पाईयोस् ।’ बिष्णु गुरुङले थपे, ‘हामी रातदिन सफा गर्दै सफा राख्नुसु भन्दै हिँड्नी, उनीहरु यस्ता पशुको काम गर्नी, मानिसहरु किन यति नराम्रो काम गर्छन् ? महानगरले कारबाही गर्नी भयो भन्दा खुशी लाग्यो ।’
भिडियो खिच्ने पत्रकार दीपक परियारले सोहि दिन भिडियो शेयर गर्दै लेखेका थिए – ‘पोखराको सिर्जनाचोकभन्दा केही तल । कान्तिपुर पब्लिकेसन्स्को कार्यालय अगाडि । पानी परिरहेको समय । बाटोमा भल बगेको छ । कतैबाट बग्दै आएका छन्, भलमा फोहोर । चार तले घरको छतमा छन्, सभ्य मानिसहरु । छतबाट बोराका बोरा फोहोर मिल्क्याउँदै छन् । आफुमात्रै होइन, बच्चालाई पनि फोहोर मिल्क्याउँन लगाउँदै छन् । ती बच्चाले के सिके हुँदाहुन् ? अभिभावकले के सिकाउँदा हुन् ? एकपल्ट भिडियो हेरौं ।’
पोखरामा महानगरपालिकाको फोहोर संकलन गर्ने गाडी नियमित आउने नगरेको भन्दै स्थानीयहरुले जथाभावी फोहोर फाल्ने गरेको दृश्य कुनै नौलो कुरा हैन ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ