पोखरा : यही जेठ १७ गते शुक्रवार पोखरा, चिप्लेढुङ्गा स्थित डि भिलेज रेष्टुरेण्टको सभाकक्षमा नेप्कम्स् सर्भिसेज पोखराको आयोजनामा एजुकेशन एण्ड करियर काउन्सलिङ्ग २०१९ हुने भएको छ । उक्त कार्यक्रममा कक्षा १२ को परिक्षा दिएर बसेका, व्याचलर र मास्टर्स कोर्ष गर्न विदेश जान चाहना भएका विद्यार्थीहरुले सहभागी हुन सक्छन् ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले मिस नेपाल वल्र्ड २०१६ अश्मि श्रेष्ठलाई भेट्ने मौका पाउनुका साथै सफल भविष्य निर्माणको लागि अश्मि श्रेष्ठ द्धारा करियर काउन्सलिङ्ग सम्बन्धी सल्लाह सुझाव दिनुहुनेछ । साथै युवा मोटीभेटर अन्तिम गुरुङ्गले आफ्नो द पावर अफ पजिटिभ थिंकिङ्ग विषयमा बोल्नुहुनेछ ।
विद्यार्थी तथा अभिभावकहरुले अष्ट्रेलियाका कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरुलाई भेटि विदेश अध्ययन सम्बन्धी विविध विषयमा जानकारी लिन सक्नेछन् । साथै विद्यार्थीहरुले अष्ट्रेलिया, युसए, युके, न्यूजिल्याण्ड अध्ययन सम्बन्धी काउन्सलिङ्ग, विदेशी विश्वविद्यालयहरुले प्रदान गर्ने स्कुलरसिप, टोफल, आइएलटिस, स्याट जस्ता तयारी कक्षाहरु सन्वन्धी सुचना प्रदान गरिनेछ ।
विद्यार्थीको एकेडेमिक र आइएलटिस सर्टिफिकेटको आधारमा अन द स्पट एसेस्मेण्ट, शैक्षिकस्तर राम्रो भएका विद्यार्थीले स्कलरसिप प्राप्त गर्न सक्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस ९क्ष्भ्ीत्क्० गर्न चाहेमा डिस्काउण्ट अफरको पनि व्यवस्था रहेको छ । विशेष गरी विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र अष्टे«लिया पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्नेछन् ।
युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारीक कार्यालय हो । युनिस्टारले आइएलटिएस तयारी कक्षाका साथै अष्टे«लिया लगायत अमेरिका, न्यूजिल्याण्ड, यूके, थाइल्याण्ड जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ । हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेका छौं । अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हौं ।
पोखरा, काठमाडौं तथा अष्ट्रेलियामा हाम्रो कार्यालयहरु रहेको छ । विद्यार्थीहरुलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि हामी सहयोग गर्छौ । नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्धारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो