काठमाडौ- सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका साथमा ११ जना विधायकले सपथ लिएका छन् ।
शनिबार उनी एसकेएम विद्यायक दलका नेता चुनिएका थिए । हज्जारौं समर्थकहरुका बीच पलजोर रंगशालामा उनले नेपाली भाषामा सपथ लिएका थिए । नेपाली भाषामा सपथ लिइरहँदा ५१ वर्षीय तामाङ निकै उत्साहित देखिन्थे ।
सन् २०१३ मा गठन भएको एसकेएमले ३२ सदस्यीय सिक्किम विधानसभामा १७ सिट जितेको छ । पूर्वमुख्मन्त्री पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टले भने १५ सिट जितेको छ । २४ वर्षदेखि नेतृत्व गर्दै आएको चाम्लिङ सरकारलाई एसकेएमले धक्का दिएको छ । तामाङसँगै ११ मन्त्रीहरुले सपथ लिइरहँदा हलमा खचाखच समर्थक र सर्वसाधारणहरु निकै उत्साहित देखिन्थे ।
मन्त्रीको रुपमा सपथ लिने ११ जनामा कुंगा निमा लेप्चा, सोनम लामा, बेदुसिंह पन्थ, डा.मणिकुमार शर्मा, अरुणकुमार उप्रेती, सन्दुप लेप्चा, लोकनभाथ शर्मा, मिङ्मा नोर्बु शेर्पा, कर्मा लोडय भुटिया, भीम हैंग लिम्बु र सञ्जित खरेल रहेका छन् । तामाङको मन्त्रीमण्डलमा कोही महिला प्रतिनिधि छैनन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’